रौतहट, १७ असोज । चन्द्रपुर नगरपालिका(३ मोरङ्गे चिसापानी बस्ने हरि बहादुर थोकरको छोरा १४ वर्षीय सुकराज थोकरको सोही नगरपालिका(३ सोहिगैंडाटारस्थित चाँदेखोलाले बगाएर मृत्यु भएको छ ।

बाँके, १७ असोज । लेनदेन मुद्दाका फरार प्रतिवादी  जानकी गाउँपालिका(१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, १७ असोज । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका(६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका(६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

राकेश प्रसाद चौधरी, महोत्तरी, १७ असोज । बालबालिकाले मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार संविधान र शिक्षासम्बन्धी ऐन कानुनले ब्यबस्था गरेकोमा अझैसम्म महोत्तरी जिल्लाका पालिकाहरुले योजना निर्माण, बजेट व्यवस्थापन, स्थानीय मातृभाषाको पाठ्यपुस्तक निर्माणलगायतका कामको प्रारम्भिक चरणमा छ ।

बारा, १६ असोज । राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

वीरगञ्ज, १६ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् ।

जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् ।

काठमाडौं, १६ असोज । १५२ गान्धी जयन्तीको अवसरमा काडमाडौंमा कला प्रदर्शनीको आयोजना भएको छ ।

पर्सा, १६ असोज । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १६ असोज । सुरक्षित आवासको माग गर्दै रौतहटको पालिकाहरुमा घेराउ तथा प्रदर्शन गरिएको छ । आवास निर्माण संघर्ष समिति शुक्रबार पालिकाहरुमा घेराउ गरेका हुन् ।

धनगढी, १६ असोज । दशैँ–तिहार नजिकिँदै गर्दा भारतबाट नेपाल प्रवेश गर्नेहरुका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तोकेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले र सूचना जारी गर्दै नयाँ मापदण्ड तोकेको हो ।

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी नेपालले प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारीलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरेको आरोप लगाएको छ ।

वीरगन्ज, १५ असोज । कोरोनाका कारण असहज बनेको मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट साना सवारीसहित सर्वसाधारणका लागि खुला भएको छ ।

झापा, १५ असोज । जिल्लाको भद्रपुर सीमानाका अझै सञ्चालनमा आउन सकेको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि

रुपन्देही, १५ असोज । रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित जय अम्बे राईस मिलमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

बाँके, १५ असोज । बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।

काठमाडौं, १५ असोज । काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि नेपाल र भारतको संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको थियो ।

विराटनगर, १५ असोज । प्रदेश १ सरकारले प्रदेश सभाको अधिवेशन २२ असोजमा बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष सिफरिस गरेको हो ।

पर्सा, १४ असोज । वीरगन्जकी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने फरार कसुरदारलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ । 

विराटनगर, १४ असोज । प्रदेश १ को एकमात्रै महानगरपालिका विराटनगरको नगर अधिवेशन असोज १६ गते शनिबार तोकिएको छ ।

रुपन्देही, १४ असोज । नेपाल–भारत सीमा नाका बन्द हुँदा रूपन्देहीको होटल र पर्यटन क्षेत्र मारमा परेको छ । कोभिड संक्रमण फैलन नदिनका लागि सीमानाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।

नेपालगञ्ज, १४ असोज । नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी फेरिएका छन् । भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको

रौतहट, १४ असोज । कोभिड–१९ का कारण लामो समयपछि खुलेको सीमा नाकामा भारतीयलाई प्रवेश गर्दा जारी गरिएको गाइडलाईन हटाउन माग गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

जनकपुरधाम, १४ असोज । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

जनकपुरधाम, १४ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री कार्यालयमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छापामारीबारे प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीसँग जानकारी लिने बताएका छन् ।

ट्रेन्डिङ