रुपन्देही, ११ असोज । बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको मृत्यु भएको छ ।

काठमाडौं, ११ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।

जनकपुरधाम, ११ असोज । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको पहिलो बैठक स्थगित भएको छ ।

इमरान खान, कपिलवस्तु, ११ असोज । विगत केही समयदेखि निर्माणाधीन रहेको हुलाकी मार्गले निर्माण कार्यमा गति नलिँदा तौलिहवा क्षेत्र लगायतका सर्वसाधारणहरुलाई आवतजावतमा समस्या परिरहेको छ ।

सप्तरी, १० असोज । नेपाल–भारत महिला मैत्री समाजले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

मोरङ, १० असोज । सुनवर्षी नगरपालिका–३ नर्बु चोकस्थित अरुण सिंहको चिउरा मिलमा काम गरिरहेको अवस्थामा विद्युत सर्ट भई आगलागी भएको छ ।

बाँके, १० असोज । आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय  प्रकाश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १० असोज । ईशनाथ नगरपालिका–२ औरैया स्थित मिठुअवा टोलबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, १० असोज । विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५  बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज, १० भाद्र । प्रदेश २ मा औद्योगिक वातावरण बनाउन नयाँ कानून लागू गर्न लागिएको छ ।

सप्तरी, १० असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् । 

विराटनगर, ९ असोज । भारतसँग खुला सीमा जोडिएका मोरङका सिमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ।

पर्सा, ९ असोज । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, ९ असोज । वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इमरान खान, कपिलवस्तु, ९ असोज । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका सबै सीमानाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा सर्बसाधारण लगायत निजी सवारी साधन अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ ।

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।

जनकपुरधाम, ९ असोज । जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर नयाँ दर्ता गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक बोलाइएको छ ।

सिमकोट, ८ असोज । जनता समाजवादी पार्टीले चार महिने संगठन सदृढीकरण तथा जनजागरण कार्यक्रम जिल्लामा सुरु गरेको छ ।

काठमाडौं, ८ असोज । भारतले अक्टोबर दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप निर्यात खुला गर्ने भएको छ । भारतले खोप निर्यात खुला गर्ने भएसँगै नेपालले यसअघि नै भुक्तानी गरिसकेको १० लाख डोज खोप आउने भएको छ ।

जनकपुरधाम, ८ असोज । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै पाँचौं दिन रिले अनशन जारी छ । पालिकासँग सूचना माग गर्दै सातजना रिले अनशनमा बसेका हुन् ।  

काठमाडौं, ८ असोज । प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ ।

धनुषा, ८ असोज । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ५० वर्षीया दुखनी देवी मण्डलको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ ।

कैलाली, ८ असोज । गोदावरी नगरपालिका–२ अत्तरीया पहाड रोडस्थित सोभान गड्सेरा होटलबाट २ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित

रुपन्देही, ८ असोज । रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ एम्पुल डाईजेपाम, ३ सय १६ एम्पुल नोफिन र ३ सय ५ एम्पुल फेनारगन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, ७ असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ गल्लामण्डी र सोही नगरपालिका १ स्थित कृष्णनगर चन्द्रौता सडक खण्डबाट करीव २७ लाख रुपैयाँ मुल्य बराबरको २२ हजार ५ सय के.जी. हरियो केराउ बरामद गरिएकोे छ ।

ट्रेन्डिङ