काठमाडौं, १४ असोज । दुई संवैधानिक आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका छन् ।
काठमाडौं, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् ।
जनकपुरधाम, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा मारेको छापाप्रति मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आपत्ति जनाएका छन् ।
काठमाडौं, १३ असोज । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ७ वटा पुनर्निर्माण परियोजना उद्घाटन भएका छन् ।
जनकपुरधाम, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
काठमाडौं, १३ असोज । सन्तानको सुख, समृद्धि र दीर्घायुका लागि तराई–मधेशमा मनाइने जितिया पर्वको अवसरमा राष्ट्रपति विद्या भण्डारीले शुभकामना दिएकी छन् ।
कपिलवस्तु, १३ असोज । कौडिल्य गौत्रका गैह्रे (गैरै) हरुको कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन तथा अधिवेशन वाणगंगाको जितपुरमा सम्पन्न भएको छ ।
सर्लाही, १३ असोज । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए ।
वीरगञ्ज, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापा मारेको छ ।
काठमाडौं, १२ असोज । चिनियाँ विस्तारवादविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
गौर, १२ असोज । गरिब दलितलाई आवासको हकबाट वञ्चित गरेको भन्दै रौतहटका दलितहरुले विशाल प्रदर्शन गरेका छन् ।
काठमाडौं, १२ असोज । भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल भ्रमणमा आएका छन् । उनी तीन दिनसम्म नेपाल रहने छन् ।
पर्सा, १२ असोज । वीरगंज महानगरपालिका–६ बस्ने अनुराग गुप्ताको समृद्ध ईम्पेक्स एण्ड सप्लायर्स कपडा पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा पसलका कपडाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही, १२ असोज । बुटवल उपमहानगरपालिका–८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका–१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर मृत्यु भएको छ ।
कपिलवस्तु, १२ असोज । महाराजगंज नगरपालिका–६ सानो बुटनियास्थित खेत जोत्ने क्रममा लु.४ त ७९२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मोरङ, १२ असोज । ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका–११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका–१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १२ असोज । नेपाल–भारत महिला मैत्री समाजले जिल्लाका बाढीपहिरो पीडित विभिन्न पाँच स्थानीय तहमा राहत वितरण गरेको छ ।
जनकपुरधाम, १२ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खुद्रा विकासले प्रदेश नं. २ को विकास सम्भव नरहेको बताएका छन् । उनले प्रदेश सरकारको पर्यटन प्रवद्र्धन कार्यप्रति असन्तुष्टि जनाए ।
जनकपुरधाम, १२ असोज । प्रदेश नं. २ का प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
राजविराज, ११ असोज । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेकका छन् ।
नेपालगञ्ज, ११ असोज । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा कुटाकुट भएको छ ।
कैलाली, ११ असोज । आमाको छात्रावासका विद्यार्थीहरुलाई हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।
काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता तथा तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।