बाँके, ४ असोज । बैजनाथ गाउँपालिका–१ गाभर बस्ने १८ वर्षीया माया थापाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

मोरङ, ४ असोज । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी ईकाई समेतले पीडित पुनः भेटघाट कार्यक्रम २०७८ को असोज १ गतेबाट सुरूवात गरेको छ ।  

जनकपुरधाम, ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असोज पहिलो साताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

काठमाडौं, ४ असोज । कांग्रेसले १४औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । विवाद समाधान समितिले यसका लागि ९ बुँदे निर्णय गरेको छ ।

जनकपुरधाम, ४ सोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने बताएका छन् ।

विराटनगर, ४ असोज । मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि  स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् ।

जनकपुरधाम, ४ असोज । धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेको छ ।  

महोत्तरी, ३ असोज । आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ ।

जनकपुरधाम, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान दिवसलाई कालो दिनका रूपमा मनाएको छ ।

बुटवल, ३ असोज । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् ।

नवलपरासी, २ असोज । भारत सरकारद्वारा प्राप्त राहत सामग्री नवलपरासी जिल्ला विपद व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । 

बर्दिया, २ असोज । ठाकुरबाबा नगरपालिका–३ गोदाना बस्ने ३५ वर्षीय बालकृष्ण थारु लगायत ३ जनाको करेन्ट लागेर घटनास्थलमै मत्यु भएको छ ।

धनुषा, २ असोज । मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा स. ५ प ५९२६ नम्बरको मोटरसाइकल र लु.७२ प ४७९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स.५ प ५९२६ नम्बरको मोटरसाइकल

महोत्तरी, २ असोज । औरही नगरपालिका–१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ ।

भैरहवा, २ असोज । भारत सरकारको सहयोगमा रुपन्देही जिल्लाका बाढी पहिरो पीडितलाई राहत बितरण गरिएको छ ।

कपिलवस्तु, १ असोज । कपिलवस्तुका तीनवटा पालिकाले कोरोनाभाइरसविरुद्ध लड्न ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री पाएका छन् ।

रौतहट, १ असोज । यमुनामाई गाउँपालिका–५ बस्ने १९ वर्षीय रुपक झालाई चोरी गरेर ल्याउँदै गरेको ना.५२ प १५९८ नम्बरको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, १ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ ले संसदीय दलको विधान तयार पारेको छ । सांसदहरुबाट लोकतान्त्रिक विधिबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठेपछि विधान तयार पारिएको हो ।

काठमाडौं, १ असोज । ७१ औँ वर्षमा लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

काठमाडौं, १ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक युवा संघले चिनियाँ अतिक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

विराटनगर, १ असोज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, १ असोज । कौशल कुमार सिंह नेतृत्वको लोक दलले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा स्मरण गर्ने निर्णय गरेको छ ।

महोत्तरी, १ असोज । नेशनल इन्जिनियर्स एशोसिएशन नेपालले महोत्तरीको मनरा सिस्वान गरपालिकामा व्यापक भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, १ असोज । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

जनकपुरधाम, १ असोज । केन्द्रमा भएको राजनीतिक दलहरूको आन्तरिक किचलो र विवादले प्रदेश २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै अनिश्चितजस्तै बनेको छ ।

ट्रेन्डिङ