सप्तरी, ७ असोज । सप्तरीको इलाका प्रहरी कार्यालय भेडियाले नयाँ भवन पाएको छ । नवनिर्मित उक्त भवनको प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उद्घाटन गरेका छन् ।
नेपालगञ्ज, ७ असोज । साइकल अभियन्ता सतिश निरौलाले बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
काठमाडौं, ७ असोज । पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश र प्रदेश २ बीच अन्तरप्रदेश समझदारी भएको छ । समझदारीमा पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको
रुपन्देही, ७ असोज । रुपन्देहीको मोतीपुरमा निर्माण हुने मोतीपुर औद्योगिक क्षेत्रको काम कछुवा चालमा रहेको छ । शिलान्यास भएको करिब ६ महिना बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन ।
वीरगञ्ज, ७ असोज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले सीमा नाकामा भारतीय सवारी साधनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।
सर्लाही, ७ असोज । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।
जनकपुरधाम, ७ असोज । प्रदेश २ सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाएको छ । २०७७ सालमै बनाइएको यो कार्यविधिमा प्रदेशस्तरीय कार्यक्रमको खर्च तोकिएको छ ।
वीरगञ्ज, ७ असोज । नेपाल–भारतसँग सिमाना जोडिएका पर्सा जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण भएको छ ।
पोखरा, ६ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ ।
रुपन्देही, ६ असोज । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट भन्सार छली ल्याएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका सुट सेट, साडी लगायत विभिन्न कपडाहरु सहित भारत घर भएका २ जना १६ वर्षीय किशोरहरूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजविराज, ६ असोज । उमेर रहँदा विद्यालयको पढाईबाट बंचित रहनुका साथै जन्मदर्ता विहीनताको अवस्थामा रहेकी रिंकु सदाको जीवन फेरिएको छ । गाउँमै खाजा पसल संचालन गर्न थालेपछि मंजुश्री सहकारी संस्थामा उनले खाता समेत खोलेकी छिन् ।
रौतहट, ६ असोज । गौर नगरपालिका–४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका–२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, ५ असोज । जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
काठमाडौं, ५ असोज । नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ ।
काठमाडौं, ५ असोज । आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर
सिरहा, ५ असोज । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् ।
बुटवल, ५ असोज । नेपाल पत्रकार महासंघको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर सञ्चार विधेयक फिर्ता लिन माग गरेको छ ।
काठमाडौं, ५ असोज । थारु आयोगले थारु बहुल प्रदेशमा थारुभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेको छ । सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले सो माग गरेको हो ।
जनकपुरधाम, ५ असोज । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान पाँच दलीय गठबन्धन बिगार्न खोज्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
जनकपुरधाम, ५ असोज । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान पाँच दलीय गठबन्धन बिगार्न खोज्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौं, ४ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट १० लाख कोभिसिल्ड थप खोप असोज महिनाभित्रै आउने बताएका छन् ।
काठमाडौं, ४ असोज । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।
काठमाडौं, ४ असोज । १५ औं भारत–नेपाल संयुक्त बटालियन स्तरीय सैन्य प्रशिक्षण अभ्यास ‘सूर्य किरण’ आजदेखि पिथौरागढमा शुरु भएको छ ।