कपिलवस्तु, २९ भाद्र । नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको तौलिहवामा सम्पन्न आठौं अधिवेशनबाट झकबहादुर आले निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
जनकपुरधाम, २८ भाद्र । भारतको विहारमा सेप्टेम्बर २९ तारिख अर्थात असोज ११ गतेबाट हुने ग्रामपञ्चायत चुनावको सुरक्षा विषयमा जनकपुरमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सम्पन्न भएको छ ।
बुटवल, २८ भाद्र । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सबै सीमा नाका खोल्नुपर्ने माग गरेका छन् ।
मोरङ, २८ भाद्र । विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २८ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, २८ भाद्र । विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगंज महानगरपालिका–२४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज, २८ भाद्र । बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं, २८ भाद्र । काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन ।
जनकपुरधाम, २८ भाद्र । प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश नं. २ को सरकारलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
जनकपुरधाम, २८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् ।
नेपालगञ्ज, २८ भाद्र । बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु गएको छ । राप्तीसोनारी गाउँपालिका– १ गाभरमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने करिब ४५ वर्षका व्यक्तिलाई पाटेबाघले खाएको
विराटनगर, २८ भाद्र । नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन भएका छन् । काठमाडौंमा बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेको हो । राई विरामी भएपछि उपचारका लागि काठमाडौं गएका थिए ।
रौतहट, २८ भाद्र । यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने बिन्दा साहकी छोरी १२ वर्षीया विनिता साहको सोही ठाउँस्थित झाँझ खोलामा डुबेर मृत्यु भएको छ ।
पर्सा, २८ भाद्र । वीरगंज महानगरपालिका–१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको
पर्सा, २८ भाद्र । वीरगंज महानगरपालिका–२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २८ भाद्र । खुला दिसामुक्त घोषणा हुनेमा नेपाल दक्षिण एसियाकै पहिलो देश हो । १३ असोज २०७६ मा नेपाल औपचारिक रूपले खुला दिसामुक्त घोषणा भएको थियो ।
जनकपुरधाम, २७ भाद्र । जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं. २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ ।
काठमाडौं, २७ भाद्र । नेपाल विद्युत् प्राधिकरणले बर्षामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको छ ।
काठमाडौं, २७ भाद्र । नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ ।
काठमाडौं, २७ भाद्र । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिस्थापन विधेयकमार्फत सरकारले सडक र भौतिक पूर्वाधारका बजेट कटौती गरेको भन्दै सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
कपिलवस्तु, २७ भाद्र । विजयनगर गाउँपालिका–७ गेढुवाजोतस्थित पोखरीमा अवैध रुपमा लुकाई राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १५० क्युफिटको २४ थान शिशौ जातको गोलिया काठ प्रहरीले बरामद गरेको छ ।
बाँके, २७ भाद्र । नेपालगंज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब २ लाख २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा, सुपारी र किरानाको सामान प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम, २७ भाद्र । प्रदेश २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।
रुपन्देही, २७ भाद्र । रुपन्देही गौतमबुद्ध विमानस्थलको अधिग्रहण क्षेत्रमा परेको मस्जिद मुस्लिम अगुवाहरुको नेतृत्वमा पुनःनिर्माण गरिएको छ ।