जनकपुरधाम, २७ भाद्र । प्रदेश नं. २ सरकारले कोरोना माहामारी बिरुद्धको सचेतना अभियानअन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ ।
सिरहा, २६ भाद्र । सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
महोत्तरी, २६ भाद्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।
काठमाडौं, २६ भाद्र । सञ्चारकर्मी तथा मानवशास्त्रका अध्येता भोला बनियाद्वारा लिखित पुस्तक ‘मानवशास्त्रीय ज्ञान’ विमोचन भएको छ ।
बाँके, २६ भाद्र । प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका–६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ भाद्र । मधेश मामिलाका जानकार तथा प्रदेश नं. २ का पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले देश बनाउन एक चरण कठोर यात्रामा हिंड्नैपर्ने बताएका छन् ।
काठमाडौं, २५ भाद्र । नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।
रौतहट, २५ भाद्र । आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेको छ ।
रुपन्देही, २५ भाद्र । मर्चवारी गाउँपालिका–३ कमरहवास्थित खेतमा घाँस काट्न गएको अवस्थामा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
पर्सा, २५ भाद्र । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २५ भाद्र । विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।
वीरगञ्ज, २४ भाद्र । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं, २४ भाद्र । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।
जनकपुरधाम, २४ भाद्र । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने प्रदेश २ सरकारले तयारी सुरु गरेको छ ।
बारा, २४ भाद्र । राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद् प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताएका छन् ।
वीरगञ्ज, २४ भाद्र । वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा पर्ने बाराको जितपुर बजारमा रहेको फोहोर महिनौँदेखि नउठ्दा जितपुरवासी मारमा पर्दै आएका छन् ।
जनकपुरधाम, २४ भाद्र । प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन् ।
जनकपुरधाम, २४ भाद्र । एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीमा ५४ जना प्रदेश सभासद समाहित भएका छन् ।
जनकपुरधाम, २४ भाद्र । प्रदेश २ सरकारले आर्थिक अनुशासन तथा सुशासन बहाल गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।
सिरहा, २३ भाद्र । सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
जनकपुरधाम, २३ भाद्र । जनकपुरस्थित मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयमा शिक्षक भर्नाको विवादले पठनपाठन अवरुद्ध भएको छ ।