गौर, २३ भाद्र । युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर ¥यालीसहित प्रदर्शन गरिएको छ ।
रुपन्देही, २३ भाद्र । सियारी गाउँपालिका–१ पौवागाउँमा रहेको बुस्टर दाना कम्पनीको लागि स्वयाबिन लोड गरी जाँदै गरेको ना.८ ख १५५५ नम्बरको ट्रकमा करेन्ट लागेर सोही ट्रकका सहचालक धादिङ नौबिसे गाउँपालिका–२ खानिखोला बस्ने ३० वर्षीय रिजन मगरातीको मृत्यु भएको छ ।
कैलाली, २३ भाद्र । चोरी मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय जिवन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २३ भाद्र । बेलबारी नगरपालिका–१ बस्ने ३५ वर्षीय सन्तोस राई र सोही ठाउँ बस्ने ३० वर्षीय ज्ञानु राज राईलाई करिब १९ केजी ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २३ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु, २३ भाद्र । कोरोनाको कहरमा अक्सिजनको हाहाकार भई उपचारमा समस्या भएपछि अहिले देशका विभिन्न स्थानमा अक्सिजन प्लान्टमार्फत अक्सिजन उत्पादन कार्यको सूरुवात भएको छ ।
काठमाडौं, २२ भाद्र । अहिले नेपाली राजनीतिक वृतमा चर्चामा रह्ने व्यक्ति हुन् पूर्वमन्त्री प्रभु साह । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता प्रभु साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्षको रुपमा सक्रिय थिए ।
जनकपुरधाम, २२ भाद्र । धनुषाका दर्जन बढी चिकित्सक डाक्टरहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरमा आयोजित एक समारोहमा चिकित्सकहरु सामूहिक रुपमा जसपामा आबद्ध भएका छन् ।
सर्लाही, २२ भाद्र । नेपाल भारत महिला मैत्री समाजले सर्लाहीको २० वटै पालिकामा विपद् पीडितहरुका लागि राहत सामग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाडौं, २२ भाद्र । भारतीय प्रख्यात योगगुरु सदगुरुले नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् ।
जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
नेपालगञ्ज, २१ भाद्र । नेपालगञ्जको भेरी अस्पतालमा थप एक कोरोना संक्रमित रुकुम पश्चिमका ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।
काठमाडौं, २१ भाद्र । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महामन्त्रीमा कपलेश्वर यादव नियुक्त भएका छन् ।
रुपन्देही, २१ भाद्र । एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा एमाले छाडेर एकीकृत समाजवादी रोज्न जनप्रतिनिधि न्यून भएका छन् ।
राजविराज, २१ भाद्र । नेकपा एमालेका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले जननेता मदन भण्डारीका असली उत्तराधिकारी केपी शर्मा ओली भएको बताएका छन् ।
रुपन्देही, २१ भाद्र । तिलोत्तमा नगरपालिका–१५ स्थित सडकमा लु.४४ प ९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना.६ ख २७०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ बौ– गुम्बा बस्ने २० वर्षीय नबिन रानाको मृत्यु भएको छ ।
रौतहट, २१ भाद्र । यमुनामाई गाँउपालिका–५ बमनहरबाट नियन्त्रित लागूऔषध १ सय २ ट्याब्लेट नाइट्राभेट र १० एम्पुल डाइजेपाम सहित गौर नगरपालिका–४ टिकुलिया बस्ने १९ वर्षीय सन्तोष ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २१ भाद्र । बेलबारी नगरपालिका–१ बस्ने ५२ वर्षीय बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २१ भाद्र । अपांगता भएका स्थानीयहरुको दैनिक जीवनमा सहजाता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपांगता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटी प्रदान गरेको छ ।
रौतहट, २० भाद्र । रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाईल सेटसहित सोही ठाउँ बस्ने २८ बर्षिय संजय कुमार यादवलाई पक्राउ गरेको छ ।
सिरहा, २० भाद्र । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुविर महासेठले प्रदेश २ मा एमाले बलियो अवस्थामा रहेको बताएका छन् ।
जनकपुरधाम, २० भाद्र । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
बाँके, २० भाद्र । कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा
काठमाडौं, २० भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।