कैलाली, १३ भाद्र । गोदावरी नगरपालिका–२ रिङरोड बस्ने २० वर्षीय भुबन खड्कालाई करिब १ सय ग्राम अवैध लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, १३ भाद्र । जगरनाथपुर गाउँपालिका–२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, १२ भाद्र । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेको थियो । तर १० भदौ यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन ।
बुटवल, १२ भाद्र । अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन ।
काठमाडौं, १२ भाद्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र क्षतिपूर्तिको कार्य प्रारम्भ गर्न माग गरेको छ ।
सुनसरी, १२ भाद्र । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा, १२ भाद्र । वीरगंज महानगरपालिका–१३ तेजारथ टोल बस्ने ३१ वर्षीय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना.२२ प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षीय राधे पटेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, १२ भाद्र । बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो–११ आदापुर बजार भन्ने स्थानबाट उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न २ जनालाई वीरगंज महानगरपालिका–१६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ११ भाद्र । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदिनको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
पश्चिम नवपरासी, ११ भाद्र । पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
काठमाडौं, ११ भाद्र । भारत सरकारले नेपालका बाढी पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
काठमाडौं, ११ भाद्र । निर्वाचन आयोगले बुधबार दर्ता भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता भएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।
काठमाडौं, ११ भाद्र । नेपालस्थित भारतीय दूतावास र एम/एस ग्लोबल प्राइभेट लिमिटेडले ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रिया गरेको छ ।
रौतहट, ११ भाद्र । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहविरुद्ध छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
कपिलवस्तु, ११ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री क्ुल प्रसाद केसीले प्रदेशमा निर्माण भएको गठबन्धनको सरकारले जनमुखी तथा विकास केन्द्रित बजेट ल्याउने बताएका छन् ।
काठमाडौं, १० भाद्र । विश्वविद्यालयले एकलौटीरुपमा पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले आपत्ति जनाएको छ ।
कैलाली, १० भाद्र । लम्कीचुहा नगरपालिका–६ गुलरास्थित चरेला नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुनीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
कैलाली, १० भाद्र । मोहन्याल गाउँपालिका–६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैशीलाई १ थान एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १० भाद्र । प्रदेश २ का मन्त्री भरतप्रसाद साह तथा राज्यमन्त्री रुबी कर्णले मन्त्रालयमा आठ वटा गाडी हुँदाहुँदै थप गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग ३ करोडभन्दा बढी रकम माग गरेकी छन् ।
वीरगन्ज, १० भाद्र । वीरगन्जमा निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएका छन् ।
काठमाडौं, १० भाद्र । भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
काठमाडौं, १० भाद्र । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।
वीरगन्ज, १० भाद्र । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ ।