काठमाडौं, २ भाद्र । महन्थ ठाकुरको एकल अध्यक्षतामा गठन भएको जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)को खुशियालीमा मधेशभरि दीप प्रज्वलन भएको छ ।
काठमाडौं, २ भाद्र । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरी पनि महन्थ ठाकुरले गठन गर्न लागेको जसपा (लोकतान्त्रिक)मा आफ्नो सनाखत गरेका छन् ।
काठमाडौं, २ भाद्र । महन्थ ठाकुर– राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।
बाँके, २ भाद्र । खजुरा गाउँपालिका–३ खजुरा बजारस्थित बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेड कार्यालयको कोठामा आगजनी भएको छ ।
मोरङ, २ भाद्र । बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पीस प्रमाडोल र ७ सय पीस स्पास्पेनसहित ३ जानलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २ भाद्र । प्रदेश नं. २ को निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेशवासीको नाममा सम्बोधन गरी प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका छन् ।
काठमाडौं, १ भाद्र । प्रदेश नं. २ को प्रदेश प्रमुखमा नवनियुक्त हरिशंकर मिश्रप्रति जनता समाजवादी पार्टी नेपालका एक नेता कडा प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, १ भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन् ।
काठमाडौं, १ भाद्र । भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ ।
काठमाडौं, १ भाद्र । काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ ।
काठमाडौं, १ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजलाई धन्यवाद दिएकी छन् ।
काठमाडौं, १ भाद्र । प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आभार व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा पदमुक्त भएपश्चात् डा.अहिराजले आभार व्यक्त गरेका हुन् ।
काठमाडौं, ३२ साउन । नेपाल र भारतले काठमाडौंमा नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक सम्पन्न भएको छ ।
रौतहट, ३२ साउन । गौर नगरपालिका–५ मेनचौकबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ सहित भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नं. २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
काठमाडौं, ३१ साउन । भारतको ७५औं स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ । यो उत्सव ’आजादी का अमृत महोत्सव’ को रूपमा आइतबार मनाइएको हो ।
कैलाली, ३१ साउन । लम्कीचुहा नगरपालिका–६ पिपरकोटी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रुपन्देही, ३१ साउन । लुम्बिनी साँस्कृतिक नगरपालिका–४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, ३१ साउन । बिराटनगर महानगरपालिका–१२ मङलबारेबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पाउडरको धुलो सहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्ज, ३१ साउन । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको वीरगन्ज महानगरपालिकाका विद्यालयमा भौतिकरुपमा पठन–पाठन आइतबारदेखि सञ्चालनमा आएको छ ।
मोरङ, ३० साउन । जहदा गाउँपालिका–३ जयरामपुर बस्ने रबिया ऋषिदेवको छोरा १० वर्षीय गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ ।
रुपन्देही, ३० साउन । तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर बस्ने मन बहादुर आलेको घरमा पंखा झुण्ड्याउन भित्तामा ड्रिल मेसिन प्रयोग गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मोरङ, ३० साउन । बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।