महोत्तरी, ३० साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको राम माध्यमिक विद्यालय मटिहानीमा साइकल वितरण गरिएको छ ।
महोत्तरी, २९ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास, मेस, हिरासत कक्ष तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
धनुषा, २९ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २९ साउन । भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर–कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।
काठमाडौं, २९ साउन । नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
जनकपुरधाम, २९ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन् ।
बाँके, २९ साउन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २९ साउन । वाणगंगा नगरपालिका–४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, २९ साउन । वीरगंज महानगरपालिका–१५ ब्रह्मचोकबाट १ थान पेस्तोल सहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज, २८ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले नेपाल प्रहरीलाई सवा चार करोड रुपैयाँ बराबरका सवारीसाधन लगायतका सामाग्री हस्तान्तण गरेका छन् ।
बारा, २८ साउन । डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भएका छन् ।
वीरगन्ज, २८ साउन । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढिरहँदा वीरगन्जको नारायणी अस्पतालमा दाताको सहयोगमा अक्सिजन पाइपलाइन जडान भएको छ ।
सर्लाही, २८ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडकको काम नै नगरी बजेट भुक्तानी भएको छ । हिँड्नै नमिल्ने भइसकेको यो सडकमा यस वर्ष कागजी रूपमा श्रमदानसहित १६ लाख रुपैयाँभन्दा बढीको काम देखाएर भुक्तानी भएको हो ।
राजविराज, २८ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।
वीरगञ्ज, २८ साउन । पर्साको पकाहामैनपुरका युवाहरुले गाउँपालिका अध्यक्षलाई १५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पकाहामैनपुर युवा सञ्जालले गाउँपालिका अध्यक्ष विजय चौरसियालाई ज्ञापनपत्र बुझाएका हुन् ।
राजविराज, २८ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
राजविराज, २८ साउन । विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ ।
वीरगञ्ज, २८ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गरेको छ । यसअघि स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गरेको हो ।
जनकपुरधाम, २८ साउन । प्रदेश २ का प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवको तलब रोक्का गरिएको छ । संघीय संसद् सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निमित्त सचिव यादवको तलब रोक्न पत्राचार गरेको हो ।
वीरगञ्ज, २८ साउन । भौतिक रूपमा विद्यार्थी तथा शिक्षकलाई उपस्थित गराई वीरगञ्ज महानगरपालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ ।
राजविराज, २८ साउन । सप्तरीमा वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिएका युवाहरूले न्यायका लागि अपिल गरेका छन् ।
रौतहट, २७ साउन । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त देवाही गोनाही नगरपालिका–७ बस्ने सोनफी पासवान भन्ने सोनफी हजरालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २७ साउन । गोदावरी नगरपालिका–१ अत्तरियाबाट ४ सय ४९ ग्राम ७७ मिलिग्राम सुन र नगद ४९ हजार ५ सय रुपैयाँ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २७ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ ।