सुनसरी, २४ साउन । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका–१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई  शनिबार प्रहरी पक्राउ गरेको छ ।

मोरङ, २४ साउन । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका–२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा, २४ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, २४ साउन । पूर्वमन्त्री प्रभु साहले देशलाई समृद्ध बनाउनका लागि वर्तमान व्यवस्थाको विकल्पमा परिस्कृत समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् । उनले ७६१ सरकारको भार नेपालले थेग्न नसक्ने बताएका हुन् ।

काठमाडौं, २३ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ ।

पर्सा, २३ साउन । कालोबजारी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१३ मुर्ली बस्ने अब्दुल अन्सारीको मासु पसलमा काम गर्ने सोही ठाउँ बस्ने २८ वर्षीय रोज अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तु, २३ साउन । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गब्दहवास्थित बुद्ध यशोधरा सामुदायिक वन उपभोक्ता समूहमा १ करोड बढी आर्थिक अनियमितता भएको अरोप स्थानीयले लगाएका छन् ।

रुपन्देही, २२ साउन । जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सप्तरी, २२ साउन । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ९ रुपनगरस्थित पोेखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।

पर्सा, २२ साउन । पटेर्वासुगौली गाउँपालिका–१ बैरिया बस्ने सुकदेव साह तेलीको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट शुक्रबार बिहान आगलागी हुँदा  अन्नपात्त, लत्ताकपडा, चौपाया, २ वटा साईकल र घर समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, २२ साउन । धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालबाट ४ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके, २२ साउन । बैजनाथ गाउँपालिका–६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके, २२ साउन । नरैनापुर गाउँपालिका–६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रा सहित सोही ठाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, २१ साउन । रौतहट जिल्ला प्रशासनले दशगजामा एकपक्षीय रूपमा बनाएको बाँध हटाउन भारतीय पक्षलाई पुनः आग्रह गरेको छ ।

वीरगञ्ज, २१ साउन । प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ । प्रदेश २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् ।

जनकपुरधाम, २१ साउन । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ ।

राजविराज, २१ साउन । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

सर्लाही, २१ साउन । सर्लाहीको पश्चिम मध्यक्षेत्रमा पर्ने बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने बागमती नदीमा पक्की पुल बनेको छ ।

काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई हिचकिचाहटबिना पार्टीमा फर्किन आग्रह गरेका छन् ।

काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्रमाथि विभिन्न आरोपहरु लगाउँदै जनतालाई जवाफ दिन तयार बस्नुपर्ने बताएका छन् ।

वीरगन्ज, २० साउन । वीरगन्जमा निटको टायल्सको फ्रेनचाईजिजमा आकर्शक शो रुम खुलेको छ ।

सुनसरी, २० साउन । धरान उपमहानगरपालिका–८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश –१ –०२–०४०प६४०५ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका–१७ पकली बस्ने ४० वर्षीया मिरा देवी साहको बुधबार बिहान मृत्यु भएको छ ।

पर्सा, २० साउन । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० पिस फेनारगन, ३० पिस डाइजेल्याव र ३० पिस नुफिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, २० साउन । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीबविरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् ।

काठमाडौं, २० साउन । जनतान्त्रिक तराई मुक्ति मोर्चाको युवा संगठन जनतान्त्रिक युवा संघ नवलपरासीको अध्यक्षमा राजकुमार पन्त मनोनित भएका छन् ।

ट्रेन्डिङ