जनकपुरधाम, २७ साउन । रैथाने एकता परिषद् नेपालले प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजलाई ज्ञापनपत्र बुझाएको छ ।
बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि राजीनामा घोषणा गरेका हुन् ।
धनुषा, २७ साउन । क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २७ साउन । जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।
काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी मंगलबार बिहान यादव भेट्न उनको निवास हात्तिवन पुगेकी थिइन् ।
बाँके, २६ साउन । कोहलपुर नगरपालिका–५ पृथ्वीनगरस्थित लोकराज शर्माको घरमा पलम्बर काम गर्ने क्रममा कैलाली घोडाघोडी नगरपालिका–४ बस्ने २६ वर्षीय दिपेन्द्र चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङ, २६ साउन । ३८ वर्षीया महिलालाई धाकधम्की, गाली गलौज गरी दुर्व्यवहार गरेको अभियोगमा धनपालथान गाउँपालिका–३ बेतौना बस्ने २४ वर्षीय जगत नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २६ साउन । गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २६ साउन । गौरीगंगा नगरपालिका–७ बाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, २५ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा साइकल वितरण गरिएको छ ।
बाँके, २५ साउन । कोहलपुर नगरपालिका–११ कृषिचोक बस्ने बढैयाताल गाउँपालिका–१ शान्तिपुर घर भएका ओम प्रकाश शर्माकी २९ महिनाकी छोरीको डुबेर मृत्यु भएको छ ।
कपिलवस्तु, २५ साउन । बिजयनगर गाउँपालिका–१ गौरिघाटस्थित सडकमा ड्युटी खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २५ साउन । ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २५ साउन । चन्द्रपुर नगरपालिका–१ नुनथर नहरमा ना.५ च ३१६६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल पानीमा खसेर सोमबार बिहान दुर्गटना हुँदा गाडीमा सवार गढिमाई बस्ने ४५ वर्षीया मिना देवी कोईरीको मृत्यु भएको छ ।
कैलाली, २५ साउन । बर्दगोरिया गाउँपालिका–१ टिनबजारस्थित सडकमा से.७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–१ उत्तरमुडा बस्ने ७२ जगत बहादुर साउदको मृत्यु भएको छ ।
पर्सा, २५ साउन । जगरनाथपुर गाउँपालिका–२ स्थित सडकबाट १४ ग्राम ४ सय मिलिग्राम सुन जस्तो देखिने धातुबाट बनेको तयारी गहना र १ किलो ९ सय ७० ग्राम चाँदीको जस्तो देखिने धातुबाट बनेको तयारी गहनासहित एक जना पक्राउ परेका छन् ।
सर्लाही, २५ साउन । जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा “निःशुल्क परामर्श तथा सहयोग केन्द्र” गरेका छन् ।
कपिलवस्तु, २४ साउन । महाराजगंज नगरपालिका–९ औरहवा बस्ने ६५ वर्षीया मैना अहिर सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेकी छन् ।
सप्तरी, २४ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराज अहिले प्रदेश २ को आठवटै जिल्लामा ‘शिरमा देश, मनमा मधेश’ नारासहित भ्रमणमा निस्केका छन् । यो नाराका साथ उनी आइतबार सप्तरी आइपुगेका हुन् ।
उदयपुर, २४ साउन । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा प्र २–०१–००१ ह ०५६० नंम्बरको अटोमा सवार कटारी नगरपालिका–४ बस्ने ३८ वर्षीया निशा दनुवारको उक्त अटोमा बसिरहेको अवस्थामा अटोमाथि रुख लड्दा थिचिएर घटनास्थलमै मृत्यु भएको छ ।