काठमाडौं, ७ भाद्र । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं, ७ भाद्र । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले मधेशी नेता महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
महोत्तरी, ७ भाद्र । निजी चापाकलका पानी सडकमा बगाउने विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा तीन जना घाइते भएका छन् ।
सर्लाही, ६ भाद्र । सर्लाहीका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो ।
काठमाडौं, ६ भाद्र । लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।
कैलाली, ६ भाद्र । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ६ भाद्र । मिथिला नगरपालिका–७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ५ भाद्र । नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
रुपन्देही, ५ भाद्र । सैनामैना नगरपालिका–१० कोटियाथान डेरा गरी बस्ने पाल्पा चहला घर भएका २१ वर्षीय सन्तोष सूर्यवंशीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
रुपन्देही, ५ भाद्र । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ५ भाद्र । थारु होमस्टे तथा थारु संग्राहलयका लागि योगदान पु¥याएको भन्दै पत्रकारसहित पाँच जना सम्मानित भएका छन् ।
महोत्तरी, ५ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले विकासको विभिन्न काम गर्ने चरणमा मटिहानीमा अतिथि गृहको निर्माण गरिएको कुरा बताएका छन् ।
सुनसरी, ४ भाद्र । देवानगंज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, ४ भाद्र । विराटनगर महानगरपालिका–७ आरके मलस्थित सडकमा ना.७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बाँके, ४ भाद्र । कोहलपुर नगरपालिका–११ स्थित बसपार्कस्थित सडकमा मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गौर, ४ भाद्र । प्रदेश २ सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न भनि रौतहटको राजदेवीनगरपालिका–२ मा राखिएको खाद्यान्न सामग्री कुहिएका छन ।
जनकपुरधाम, ४ भाद्र । प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न स्थानीय संघ संस्थाहरुले मुख्यमन्त्री र दलहरुको ध्यानाकर्षण गराएका छन् ।
वीरगन्ज, ३ भाद्र । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) नेपालले वीरगन्जमा मानवीय सहायतास्थल निर्माण गरेको छ । विपदको समयमा यहाँबाट राहत सामग्री उपलब्ध गराउन सहायता स्थल निर्माण गरिएको हो ।
वीरगन्ज, ३ भाद्र । वीरगञ्ज महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको छ ।
वीरगञ्ज, ३ भाद्र । वीरगञ्ज महानगरपालिकाको केन्द्रमा रहेको बीपी उद्यानको सार्वजनिक जग्गा अन्य प्रयोजन नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ ।
सर्लाही, ३ भाद्र । अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन् । अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन् ।
जनकपुरधाम, ३ भाद्र । बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् ।
वीरगञ्ज, ३ भाद्र । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियारको हेटांैडास्थित कार्यालयबाट आएको टोलीले अस्पतालको फार्मेसीमा छापा मारेको हो ।