धनुषा, १९ साउन । बटेश्वर गाउँपालिका–२ भुईचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयबाट करिब १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

महोत्तरी, १९ साउन । गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेतको मोटरसाइकल दुर्घटनामा परी मंगलबार बिहान मृत्यु भएको छ ।

रौतहट, १९ साउन । पछिल्लो समय रौतहटको बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतको वनमा वन कर्मचारीले कडाई गरेको छ । सो वन कार्यालयको मातहतमा भईरहेको तस्करीमा वन कर्मचारीले निगरानी बढाएको हो ।

बुटवल, १८ साउन । लुम्बिनी प्रदेशका चार विपक्षी दलले बहुमतको सरकार गठनका लागि माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले यस्तो माग गरेका छन् ।

सिरहा, १८ साउन । धनगढीमाई नगरपालिका–११ छपराडी चौकस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

महोत्तरी, १८ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका अन्तर्गत रहेका सुनौलो हजार दिनका आमाहरुलाई आज देखि विभिन्न चौकी मार्फत पौष्टिक आहार हलुवा वितरण कार्यक्रम शुरु भएको छ ।

सप्तरी, १८ साउन । छिन्नमस्ता गाउँपालिका–१ स्थित छिन्नमस्ता मन्दिरबाट चोरी भएको ५ सय ८ ग्राम चाँदीको मुकुट सहित बिष्णुपुर गाउँपालिका–५ बस्ने २३ वर्षीय राजेश कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुली, १८ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले आइतबार सिन्धुलीगढी युद्ध संग्रहालय भ्रमण गरेका छन् । नेपाली इतिहासमा महत्वपूर्ण मानिएको गोखाली फौजले १८२४ सालमा अंग्रेज सैनिकमाथि गरेको जीतका झलकहरु देखाउन मिल्ने गरि युद्ध संग्रहालय सर्वसाधारणका लागि समेत खुल्ला भएको छ ।

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले आरक्षणसम्बन्धी महत्वपूर्ण र ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चले आरक्षणको व्यवस्था गर्दा जातीयतालाई नभइ वर्गीयतालाई आधार मानेको व्याख्या गरेको हो ।

रौतहट, १७ साउन । मौलापुर नगरपालिकाको पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालयको प्रांगणमा जनमत पार्टीमा सयौंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

बाँके, १७ साउन । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

राजविराज, १७ साउन । सप्तरीमा पूर्वराजपा नेपालका नेता तथा कार्यकर्ताहरूको भेलाले संगठनलाई व्यवस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

पर्सा, १६ साउन । सर्लाही लालबन्दी नगरपालिका–१ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १६ साउन । जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ रौतहटले जिल्ला अस्पताल गौरको सुधारको माग गर्दै आन्दोलनको चेतावनी दिदै युवाहरुलाई आन्दोलनको लागि तयार रहन जिल्ला संयोजक ज्वाला रणवीर उर्फ बिबेकले एक विज्ञप्ति जारी गरी आह्वान गरेका छन् ।

कपिलवस्तु, १५ साउन । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सिमरीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

कपिलवस्तु, १५ साउन । वाणगंगा नगरपालिका–३ कर्मनास्थित सडकमा लु.४ त ८०७९ नम्बरको ट्रयाक्टर कलबोर्डबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

धनुषा, १५ साउन । लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित सडकमा प्रदेश २–०२–००१ झ ००३५ नम्बरको स्कारपियो पिकअप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कारपियो चालक महोत्तरी सितापुर भंगहा नगरपालिका–९ बस्ने ४५ वर्षीय दिपक यादव मृत्यु भएको छ ।

मोरङ, १५ साउन । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१७ बस्ने ५० वर्षीय सञ्जय यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १५ साउन । अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सि झिवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, १५ साउन । नेपालमा कोरोनाको तेस्रो भेरिएन्ट फैलिईरहदा पूर्वतयारी स्वरुप यस भेरिएन्टसँग लड्न सहयोग पुग्ने उद्देश्यले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा रतौली युवा क्लवले जलेश्वर नगरपालिकालाई लाखौ मोल बरावरको स्वास्थ्य सुरक्षा सामग्री तथा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

काठमाडौं, १५ साउन । पुनस्र्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् ।

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन ।

काठमाडौं, १४ साउन । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन भएको छ ।

जनकपुरधाम, १४ साउन । पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा भव्य स्वागत भएको छ । बिहीबार आफ्नो निर्वाचन क्षेत्र पुगेका महतोलाई भव्य स्वागत भएको हो ।

ट्रेन्डिङ