काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अध्यक्ष महन्थ ठाकुरले माग गरेका छन् ।
कैलाली, ८ साउन । जिल्लाको टिकापुर नगरपालिका ७ जटाशंकरघाटस्थित खोलाको किनारबाट बिहीबार सशस्त्र प्रहरीले करीव ६ ग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
मोरङ्ग, ८ साउन । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लटाङ नगरपालिका ६ बस्ने २२ बर्षिय रमेश पाँचकोटीलाई पक्राउ गरेको छ ।
रौतहट, ८ साउन । चन्द्रपुर नगरपालिका–८ बस्तिपुरस्थित आश्रय क्रसर उद्योगमा मेसिन अप्रेटरको काम गर्ने धनुषा बिरेन्द्रबजार नगरपालिका बस्ने २७ वर्षीय कुल बहादुर राउतको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
कपिलवस्तु, ८ साउन । जु जी ताइवानको सहयोग माहुरी होम र साझा प्रयास अभियानले शुद्धोधन गाउँपालिका वडा नं १ र ३ वडाका गरि १ सय २ जना कोभिड प्रभावित गरिव तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको छ ।
वीरगञ्ज, ८ साउन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी अस्पतालमा निर्माण भइरहेको अटोमेटिक अक्सिजन प्लान्टको अनुगमन गरेका छन् ।
जनकपुरधाम, ८ साउन । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ ।
काठमाडौं, ८ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
जनकपुरधाम, ७ साउन । प्रदेश २ मा आर्थिक वर्ष ०७७/०७८ मा सडक दुर्घटनामा परी पाँच सय २३ जनाको मृत्यु भएको छ । प्रदेश २ ट्राफिक प्रहरीका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषाको विभिन्न ठाउँमा भएका तीन हजार ९ सय ८३ सवारी दुर्घटनामा पाँच सय २३ जनाको मृत्यु भएको हो ।
जनकपुरधाम, ७ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद धनुषामा पनि देखिएको छ । प्रक्रियाविपरीत वितरण भएको सदस्यता खारेजीको माग गर्दै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको हो ।
सर्लाही, ७ साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणको विषयमा पार्टी केन्द्रीय कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका काँग्रेस नेताहरूले आपत्ति जनाएका छन् ।
काठमाडौं, ७ साउन । पूर्वी एसियाली मुलुकहरुको भ्रमणका दौरान अवलोकनबाट त्यहाँको आर्थिक–सामाजिक जनजीवन तथा विकासको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ काठमाण्डौंमा सार्वजनिक भएको छ ।
काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
कपिलवस्तु, ६ साउन । नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वा‘न क्यापेलरबीच भेटवार्ता भएको छ ।
महोत्तरी, ६ साउन । महोत्तरी जिल्लाको मटिहानीस्थित पौराणिक, धार्मिक एवं ऐतिहासिक लक्ष्मी सागरमा मंगलबारदेखि लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरती प्रारम्भ भएको छ ।
कपिलवस्तु, ६ साउन । कतार च्यारिटीको सहयोगमा लिडो नेपाल संस्थाले शुद्धोधन गाउँपालिकाको लवनी स्वास्थ्य चौकीलाई १४ लाख बराबरको स्वास्थ्य उपकरण र साम्रगी हस्तान्तरण गरेको छ ।
काठमाडौं, ६ साउन । जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
काठमाडौं, ५ साउन । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकन्थलीमा ‘आईटी आर्मी’को घोषणा गरेका हुन ।
वीरगञ्ज, ५ साउन । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् ।
काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले मधेशका मुद्दा सम्बोधन गर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ । जसपाका प्रथम अध्यक्ष ठाकुरको अध्यक्षतामा मंगलबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं, ५ साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न प्रदेश २ का नेता तथा कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सप्तरी, ५ साउन । सोमबार साँझ परेको अविरल वर्षाका कारण जिल्लाको सयौं घर डुबानमा परेका छन् । सप्तकोशी नगरपालिका–४ स्थित चन्द्रनहर बाढीले कटान गर्दा करिब तीन सय घर डुवानमा परेको हो ।