7/14/2021

काठमाडौं, ३० असार । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको अप्पन टेलिभिजनका समाचार प्रमुख अजय साह शिवालीसहित चार पत्रकारलाई नेपाल सरकारले युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरेको छ ।

7/14/2021

काठमाडौं, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् । राजदूत क्वात्राले बुधबार देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका हुन् ।

7/14/2021

सर्लाही, ३० असार । मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट स्रोत नखुलेको १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँ सहित मलंगवा नगरपालिका–३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

7/14/2021

कैलाली, ३० असार । गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सडकबाट १० फिट लम्बाई र ६ फिट ७ ईन्च चौडाई भएको पाटे बाघको १ थान छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/14/2021

मोरङ, ३० असार । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/14/2021

महोत्तरी, ३० असार । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा एकदिने नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

7/14/2021

वीरगन्ज, ३० असार । वीरगन्जको घण्टाघरस्थित विपी उद्यानको जग्गामा अहिले भइरहेको पार्किङस्थल निर्माण कार्य तत्कालका लागि रोक्न वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलासले मङगलबार अन्तरिम आदेश जारी गरेको छ ।

7/13/2021

जनकपुरधाम, २९ असार । प्रदेश २ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सत्तारूढ दलकै सांसदहरूले आक्रोश पोखेका छन् । मंगलबार भएको छलफलमा सत्तापक्षका सांसदहरूले सरकारको मन्त्रीमुखी बजेट भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

7/13/2021

धनगढी, २९ असार । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ ।

7/13/2021

जनकपुरधाम, २९ असार । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ ।

7/13/2021

सर्लाही, २९ असार । सर्लाहीको बागमती नगरपालिका–६ सीतापुरमा एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

7/13/2021

बारा, २९ असार । बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र बाराका अनुसार १५ हजार १०५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धान खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भएको हो ।

7/13/2021

काठमाडौं, २९ असार । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

7/13/2021

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँदो २ बजेट सिंहदरबारबाट सम्बोधन गर्न लागेका छन् ।

7/13/2021

काठमाडौं, २९ असार । नेपाल सद्भावना पार्टीले विभिन्न २२ बुँदे माग अघि सारेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्ता माग अघि सारेको हो ।

7/12/2021

वीरगञ्ज, २८ असार । पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो ।

7/12/2021

वीरगञ्ज, २८ असार । उद्यमशिलता विकासका लागि नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन् । व्यवसाय दर्ता, कर तिर्दा र बैंकबाट ऋण लिँदाका झन्झटिलो व्यवस्था हटाउनुपर्ने उनीहरुको जोड छ ।

7/12/2021

सप्तरी, २८ असार । सप्तरी जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् ।

7/12/2021

काठमाडौं, २८ असार । प्रदेश नं. २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी जारी गरेको परमादेशको स्वागत गरेका छन् । मुख्यमन्यायाधिवक्ताले सर्वोच्चको आदेशबारे पाँचबुँदे निष्कर्षसमेत सार्वजनिक गरेका छन् ।

7/12/2021

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

7/12/2021

काठमाडौं, २८ असार । तल्लो अरुण जलविद्युत परियोजना अघि बढाउन एसजेभीएन लिमिटेड इण्डियासँग समझदारी भएको छ ।

7/12/2021

मलंगवा, २८ असार । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ बाट दुई थान पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

7/12/2021

महोत्तरी, २८ असार । महोत्तरीको बर्दिवासस्थित निर्माण हुने भनिएको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।

7/11/2021

काठमाडौं, २७ असार । पूर्वराजपाका नेता राजकुमार थापाले जनता समाजवादी पार्टी नेपाल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले आइतबार जसपा खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

7/11/2021

रौतहट, २७ असार । नेपाल र भारतबीच सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न भएको छ । भारतको सीतामढी जिल्लाको सीतामढी समाहरणनालयमा भएको बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहभागी भएका थिए ।

ट्रेन्डिङ