7/11/2021

कपिलवस्तु, २७ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउने’ नारालाई अघि सारेको छ ।

7/11/2021

जनकपुरधाम, २७ असार । प्रदेश २ सरकारले रातो किताबमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

7/11/2021

काठमाडौं, २७ असार । नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधन भएकामा प्रसन्नता व्यक्त गरेको छ ।

7/11/2021

पर्सा, २७ असार । पोखरीया नगरपालिका–९ फुलबारी टोल बस्ने रघुनाथ साह तेलीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको छ ।

7/11/2021

मोरङ, २७ असार । बुढीगंगा गाउँपालिका–१ आरती स्टिलस्थित सडकमा बा.१८ च ९७६ नम्बरको कार अनियन्त्रित भई पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

7/11/2021

बाँके, २७ असार । नेपालगंज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/11/2021

महोत्तरी, २७ असार । सुजिता ठाकुरको हत्या भएको एक महिनाभन्दा बढी समयपछि प्रहरीले सडेगलेको अवस्थामा शव बरामद गरेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो ।

7/11/2021

जनकपुरधाम, २७ असार । प्रदेश नं. २ को सरकारले प्रदेश सांसद विकास कोषको रकम बढाउने भएको छ । निर्वाचित सांसदलाई ५० लाख र समानुपातिक सांसदलाई २५ लाख बजेट थप्ने सहमति भएको हो ।

7/11/2021

कपिलवस्तु, २६ असार । बाणगंगा नगरपालिका–२ तिनैया बस्ने मनिराम थारुको छोरा ११ वर्षीय सुबास थारुको घरदेखि ३ सय मिटर रहेको खेतमा माटो निकालेको खाडलमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

7/11/2021

झापा, २६ असार । बिर्तामोड नगरपालिका–१ बस्ने ईलाम सन्दकपुर गाउँपालिका–२ घर भएका ३८ वर्षीय आयुस राईको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

7/11/2021

कैलाली, २५ असार । कैलारी गाउँपालिका–१ मनाउस्थित भित्री सडकमा से.१ त ३४३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

7/11/2021

रौतहट, २६ असार । राजदेवी नगरपालिका–३२ चण्डिया गाउँबाट करिब १ केजी अवैध लागूऔषध अफिमको चोप सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/11/2021

रुपन्देही, २६ असार । बुटवल उपमहानगरपालिका–११ देबिनगरबाट २८ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/11/2021

मोरङ, २६ असार । बिराटनगर महानगरपालिका–५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

7/11/2021

सर्लाही, २६ असार । ब्रहमपुरी गाउँपालिका–२ स्थित ब्रहमपुरी–मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/9/2021

रौतहट, २५ असार । गौर नगरपालिका–५ स्थित ढलको पानीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय नैमुदिन भन्सुरीको शुक्रबार बिहान मृत्यु भएको छ ।

7/9/2021

काठमाडौं, २५ असार । नेपाल र भारतबीच रेलसेवा सम्झौता संशोधन भएको छ । यो सम्झौता संशोधन भएसँगै नेपालले १२ वर्ष अघिदेखि राख्दै आएको माग पनि पूरा भएको छ ।

7/9/2021

रौतहट, २५ असार । केन्द्रमा पार्टी विवाद समाधान गरी पुनः एकता गर्ने प्रयास भइरहँदा नेकपा एमालेको केपी शर्मा ओली समूहले रौतहटसहित प्रदेश २ का तीन जिल्लामा एक पक्षीय रुपमा अध्यक्ष र सचिव मनोनयन गरेको छ ।

7/9/2021

काठमाडौं, २५ असार । नेपाल सरकारले बिस्तारै भारततर्फको खुला सीमालाई नियमन गर्दै जाने गृहसचिव महेश्वर न्यौपानेले बताएका छन् ।

7/9/2021

जनकपुरधाम, २५ असार । प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ ।

7/9/2021

रौतहट, २५ असार । रौतहटमा दुई पक्षबीच झडप भएको छ । रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको हो । झडपमा आठजना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

7/9/2021

काठमाडौं, २५ असार । भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ ।

7/9/2021

कैलाली, २५ असार । गौरीगंगा नगरपालिका–७ महुलियास्थित निराजन सामुदायिक वनभित्र लुकाई राखेको २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ४४ थान फलामको गोली, १३ थान केभ र अन्दाजी १ सय ग्राम बारुद प्रहरीले बरामद गरेको छ ।

7/8/2021

वीरगन्ज, २४ असार । वीरगन्ज र जनकपुरका उद्योगी व्यवसायीले दुवै सहरका निजी क्षेत्रको समस्या सम्बोधनका लागि सरकारलाई दबाब दिन एक भएर अघि बढने सहमति गरेका छन् ।

7/8/2021

वीरगञ्ज, २४ असार । पर्साका पालिकाहरुमा महामारीजन्य रोगहरुको निगरानी तथा रोकथाम गर्न समुदायस्तरमा समेत समिति गठन गरिने भएको छ । समुदायस्तरमा गठन गरिने समितिलाई कम्युनिटी ¥यापिड रेसपोन्स टिम (सीआरआरटी) नाम दिइएको छ ।

ट्रेन्डिङ