सिरहा, २२ असार । भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहाना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २२ असार । टिकापुर नगरपालिका–९ खैरीपुरस्थित सडकबाट २ सय ८० मिलिग्राम अबैध लागूऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् ।
कपलवस्तु २२ असार । बुद्धभूमि नगरपालिकाले आव ०७८/०७९ का लागि १ अर्ब १८ करोड बराबरको बजेट पारत गरेको छ । सोमबार बजेट ल्याएर नवौं नगर सभाको अन्त्य गरेको छ ।
रौतहट, २१ असार । ईशनाथ नगरपालिका–३ औरेया बस्ने बच्चा राय यादवको छोरा ४ वर्षीय छोटेलाल यादव मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, २१ असार ।सखुवा प्रसौनी गाउँपालिका–५ महुवन बस्ने राजेश रामको छोरा १२ वर्षीय बिकाश राम बहुदरमाई नगरपालिका–८ स्थित मन्दिर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।
काठमाडौं, २१ असार । प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डाममा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
वीरगंज, २१ असार । जी.पी कोईरनला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धनुषा, २१ असार । नगराईन नगरपालिका–६ लग्मा पछयरी टोल बस्ने सुबध मण्डलको खप्डाको घर अबिरल बर्षाको कारण भत्किँदा ४० वर्षीय जोगिन्द्र मण्डल, उनकै श्रीमती ३५ वर्षीया रेनु देवी मण्डल र उनकै छोरा १० वर्षीय अनिल कुमार मण्डल घाइते भएका छन् ।
रुपन्देही, २१ असार । आफ्नै श्रीमती ३२ वर्षीया सरस्वती पौडेलको कुटपिट गरी हत्या गरेको अभियोगमा पाल्पा, रैनादेवी गाउँपालिका–४ घर भएका ३९ वर्षीय हिरा पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २१ असार । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिकामा कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य मुख्य क्रियाकलाप समेटिएकोे छ ।
जनकपुरधाम, २० असार । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा विपक्षी गठबन्धन शीर्ष नेताहरुको पुतला जनाइएको छ ।
जनकपुरधाम, २० असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका दुई जना स्रष्टालाई सम्मान गरेका छन् ।
काठमाडौं, २० असार । प्रदेश २ का पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुरेश मण्डलले संघीयताबारे समीक्षा तथा बहस हुनुपर्ने बताएका छन् ।
वीरगंज, २० असार । नेपाली राजनीतिका शिखर पुरुष एवम् पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वृक्षरोपन कार्यक्रमको आयोजना गरेको छ ।
रुपन्देही, २० असार । सिद्धार्थनगर नगरपालिका–४ बस्ने पंकज अग्रवालको रिमोन एग्रो प्रालिको मेशिनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको छ ।
बारा, २० असार । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित विजुलीको पोलमाथि रहेको ट्रान्सफर्मर बनाउने क्रममा लडेर सोही ठाउँ बस्ने ३६ वर्षीय शुभ नेपालको मृत्यु भएको छ ।
काठमाडौं, २० असार । अविरल वर्षाका कारण विभिन्न जिल्लाहरुमा आएको बाढीमा डुबेर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।
बारा, १९ असार । सुवर्ण गाउँपालिका–७ सन्फुलवा बस्ने ३० वर्षीय मुन्ना प्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
बाँके, १९ असार । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका–२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १९ असार । घोडाघोढी नगरपालिका–१ घोडाघोडीबाट ९ ग्राम ३ सय ६० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर र नगद १ लाख २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, १९ असार । लगातारको वर्षाका कारण जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । शनिबार बाग्मती, लालबकैया तथा झाँझ खोलामा पानीको बहाव बढेको हो । जसले गर्दा गाउँलेहरु विस्थापित हुन पुगेका छन् ।
कपिलवस्तु, १९ असार । साझा प्रयास अभियानले जिल्लामा कोरोना भाइसरसबाट प्रभावितको उपचारमा सहयोग तथा न्यूनिकरणका लागि समुदायस्तरमा काम गर्दै आइरहेको छ ।