6/29/2021

रौतहट, १५ असार । जिल्लाको माधव नारायण नगरपालिका ८ स्थित बाग्मती नदीमा डुवेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

6/28/2021

जनकपुरधाम, १४ असार । प्रदेश २ को अस्थायी राजधानी तथा ऐतिहासिक नगरी जनकपुरधाम सोमबार बिहान परेको मुसलेधारे वर्षाले अधिकांश स्थान जलमग्न भएको छ । वर्षाको पानीले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।

6/28/2021

जनकपुरधाम, १४ असार । महोत्तरीमा करिब तीन हप्तादेखि बेपत्ता भएको भनिएको महिलाको विभत्स हत्या भएको छ । गत १९ जेठदेखि बेपत्ता भएकी सुजिता ठाकुरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।

6/28/2021

रौतहट, १४ असार । माधवनारायण नगरपालिका–८ पिपरारजवडा टोल बस्ने उपेन्द्र महतोको छोरा ३ वर्षीय राजकुमार महतोको डुबेर मृत्यु भएको छ ।

6/28/2021

रुपन्देही, १४ असार । कञ्चन गाउँपालिका–५ पिपरीचापास्थित सडकमा लु.७२ प ५७३५ नम्बरको स्कुटर सालको रुखमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

6/28/2021

बाँके, १४ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी नेपालगंज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

6/28/2021

कैलाली, १४ असार । गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।

6/28/2021

मोरङ, १४ असार । बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

6/28/2021

जनकपुरधाम, १४ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश हरित अभियान २०७८ को एक कार्यक्रमबीच शुभारम्भ गरेका छन् ।

6/28/2021

कपिलवस्तु, १४ असार । कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कानूनी दायरामा काम गरेमा अपराध नियन्त्रण हुने बताएका छन् ।

6/28/2021

रौतहट, १४ असार । रौतहटमा एघार हजार बिरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको चन्द्रपुरस्थित रामलाल साझेदारी वन क्षेत्रमा विभिन्न प्रजातिका एघार हजार बिरुवा लगाइएको हो ।

6/27/2021

वीरगञ्ज, १३ असार । पर्सामा थप खुकुलो बनाएर असार २० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार सूचना जारी गर्दै निषेधाज्ञा असार २० गते मध्यराति १२ बजेसम्म कायम राख्ने जानकारी दिएका छन् ।

6/27/2021

रौतहट, १३ असार । रौतहटका अधिकांश पालिका कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा रहेका १८ स्थानीय तहमध्ये चार ओटामा न्युन संख्यामा संक्रमित रहेका छन् ।

6/27/2021

काठमाडौं, १३ असार । छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन् ।

6/27/2021

काठमाडौं, १३ असार । विश्वभरि रोजगार, पढाई तथा बसोबासको क्रममा रहेका प्रवासी मधेशीहरुको संगठन मधेसी एकता समाजले दुबईस्थित अल खूजÞ क्षेत्रमा आफ्नो संगठन विस्तार गरेको छ ।

6/27/2021

जनकपुरधाम, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शनिबार जनकपुरधाममा विपक्षी पाँच दलनिकट युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

6/27/2021

रुपन्देही, १३ असार । लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले प्रदेश सरकारबाट वन ऐन पारित नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेशभरिका १२ वटा जिल्लाबाट आएकाले संसदबाट तत्कालै वन ऐन पारित गरिने बताएकी छन् ।

6/26/2021

सर्लाही, १२ असार । ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/26/2021

रौतहट, १२ असार । पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

6/26/2021

राजविराज, १२ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताएका छन् ।

6/26/2021

काठमाडौं, १२ असार । महोत्तरीको भ्रमरपुरामा आफ्नै परिवारका सदस्यद्वारा रतौली माइति भएकी सुजिता ठाकुरको हत्या भएको विषयमा मधेशी आयोगले चासो लिएको छ ।

6/26/2021

राजविराज, १२ असार । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ ।

6/26/2021

जनकपुरधाम, १२ असार । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन र सरकारी वित्तीय व्यवस्थापन ऐन, ०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

6/26/2021

जनकपुरधाम, १२ असार । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ काशिपुरका श्रीकृष्ण यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

6/26/2021

सिरहा, १२ असार । सिराहाको गोलबजार नगरपालिका वडा–६ का अध्यक्ष बसन्त कुमार लामा उत्कृष्ट जनप्रतिनिधीको रुपमा सम्मान गरेको छ ।

ट्रेन्डिङ