7/8/2021

काठमाडौं, २४ असार । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

7/8/2021

वीरगञ्ज, २४ असार । पर्सामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा बिहीबार र शुक्रबार लगाइने भएको छ । पहिलो मात्रा लगाएका ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

7/8/2021

वीरगञ्ज, २४ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले क्रस बोर्डरको मुद्दा व्यवसायसँग जोडिएको बताएका छन् । उनले गैरकानूनी कारोबारको लागत र कानूनी कारोबारको लागत बराबर नहुँदासम्म तस्करी नरोकिने बताए ।

7/8/2021

जनकपुरधाम, २४ असार । बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । यो दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

7/8/2021

सर्लाही, २४ असार । सर्लाही जिल्लाको हरिवनमा १०९ परिवारलाई गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको छ ।

7/8/2021

वीरगञ्ज, २४ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मी टोलका किशोरीहरुलाई हाइजीन किट वितरण गरिएको छ ।

7/8/2021

वीरगञ्ज, २४ असार । सरकारले बंगलादेशबाट खरिद गरेको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । बंगलादेशबाट खरिद गरिएको उक्त परिमाणको मल वीरगञ्ज, विराटनगर र भैरहवा नाका हुँदै नेपाल आइपुगेको हो ।

7/8/2021

बारा, २४ असार । राजस्व छली ल्याइएको करिब १६ लाख बराबरका मोबाइलसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

7/8/2021

रौतहट, २४ असार । रौतहटको राजदेवी नगरपालिका ९ स्थित बागमती नदीको बाँधको स्पर बाढीले कटान गर्न थालेपछि मर्मत थालिएको छ ।

7/8/2021

लहान, २४ असार । सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

7/8/2021

वीरगञ्ज, २४ असार । प्रदेश २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमा स्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।

7/8/2021

काठमाडौं, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

7/8/2021

पर्सा, २४ असार । वीरगञ्ज महानगरपालिका–१९ वीरगंजबाट अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाने लागेको ना.१ त. ७०४५ नम्बरको ट्याक्टरबाट ४ हजार केजी स्याउ र ना.४ त ८५६२ नम्बरको ट्रयाक्टरबाट ६ हजार केजी केराउ बुधबार राति प्रहरीले बरामद गरेको छ ।

7/8/2021

बाँके, २४ असार । नेपालगंज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने सोही उपमहानगरपालिका–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

रुपन्देही, २३ असार । सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

सर्लाही, २३ असार । ईश्वरपुर नगरपालिका–४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

झापा, २३ असार । कचनकवल गाउँपालिका–३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडुलाई १ थान हरिणको छालासहित प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

कैलाली, २३ असार । धनगढी उपमहानगरपलिका–४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

काठमाडौं, २३ असार । गत वर्ष बैशाखमा पूर्वराजपा र समाजवादीबीच एकीकरण भई निर्माण भएको जनता समाजवादी पार्टी नेपालको एकता भंग भएको छ । दुवै पार्टीका अध्यक्षद्वय छुटिट्टनका लागि निर्वाचन आयोगसँग गरेका छन् ।

7/7/2021

काठमाडौं, २२ असार । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मिडियाको भीडमा कसरी आफूलाई पृथक रुपमा देखाउने भन्ने कुरा मुख्य चुनौतीको रुपमा आएको बताए ।

7/7/2021

कपिलवस्तु, २२ असार । कृष्णनगर नगरपालिका–२ बसपार्कस्थित हुसेन सटही काउण्टरबाट नगद ४ लाख ६० हजार रुपैयाँ र नगद १ लाख ५० हजार भारतीय रुपैयाँ मंगलबार बिहान चोरी भएको छ ।

7/7/2021

काठमाडौं, २२ असार । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका-१७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

7/7/2021

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने बताएका छन् ।

7/7/2021

वीरगन्ज, २२ असार । लोकतन्त्रका महानायक तथा नेपालका पूर्वप्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले तीनदिने कार्यक्रमको समापन गरेको छ ।

7/7/2021

मोरङ, २२ असार । विराटनगर महानगरपालिका–५ स्थित सडकमा को.३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

ट्रेन्डिङ