7/17/2021

काठमाडौं, २ साउन । जनता समाजवादी विभाजनतर्फ उन्मुख रहँदा महन्थ ठाकुर र उपेन्द्र यादवबीच सांसद तान्ने होडबाजी चलेको छ ।

7/17/2021

काठमाडौं, २ साउन । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

7/17/2021

जनकपुरधाम, २ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश सरकारको नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

7/16/2021

जनकपुरधाम, १ साउन । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र भोल सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो ।

7/16/2021

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय निर्वाचन आयोगका प्रमुख तथा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले सदरमुकाम गौरस्थित राइस मिलको चौर सार्वजनिक जग्गाको रुपमा दर्ता गर्न परमादेशको मागसहित सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

7/16/2021

जनकपुरधाम, १ साउन । प्रदेश २ का प्रमुख डा राजेश अहिराजले दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् ।

7/16/2021

वीरगञ्ज, १ साउन । विवाह गर्ने प्रलोभन देखाएर १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

7/16/2021

सर्लाही, १ साउन । हरिवन नगरपालिका–२ बाट ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । बिहीबार साँझ सोही ठाउँका करिब ३० वर्षीय अशोककुमार लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले जानकारी दिए ।

7/16/2021

सिरहा, १ साउन । सिरहाको ठाडीमा रहेको ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ ।

7/16/2021

वीरगञ्ज, १ साउन । वीरगञ्ज महानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ महानगर घोषणा गरिएको छ । वीरगञ्जमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकिएकोले पूर्ण खोप महानगर घोषणा गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

7/16/2021

जनकपुरधाम, १ साउन । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा सम्भवतः आजै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन ।

7/16/2021

काठमाडौं, १ साउन । कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

7/15/2021

रौतहट, ३१ असार । रौतहटको चन्द्रपुर नगरपालिकामा ४ मेगावाट विद्युत् उत्पादन क्षमताको सौर्य विद्युत् आयोजना तयार भएको छ । आयोजनाले मंगलबारबाट ‘लाइन सप्लाई’ सुरु गरेको छ ।

7/15/2021

जनकपुरधाम, ३१ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनःस्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् ।

7/15/2021

जनकपुरधाम, ३१ असार । नेपाल विद्यापति पुरस्कार ६ जना स्रष्टाहरूलाई प्रदान गरिएको छ । विद्यापति पुरस्कार कोष, जनकपुरधामले २०७७ सालका लागि ६ स्रष्टालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

7/15/2021

सर्लाही, ३१ असार । सर्लाहीको हरिवन नगरपालिका–८ मा रहेको महेन्द्र जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ ।

7/15/2021

सिरहा, ३१ असार । सिरहाको औरही गाउँपालिकाले अनियमितता ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छाडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ ।

7/15/2021

वीरगञ्ज, ३१ असार । बजार अनुगमनका क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने वीरगञ्जका ५ वटा पसललाई एक लाख जरिवाना गरिएको छ ।

7/15/2021

काठमाडौं, ३१ असार । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ िदएका छन् ।

7/15/2021

जलेश्वर, ३१ असार । जलेश्वर नगरपालिका–९, प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

7/14/2021

मोरङ्ग, ३० असार । मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका ६ देधापस्थित डाँस खोलाको किनाराबाट सशस्त्र प्रहरीले करीव ६२ क्यूफिट सालको गोलिया काठसहित नौ जनालाई पक्राउ गरेको छ ।

7/14/2021

जनकपुरधाम, ३० असार । प्रदेश २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर प्रदेशसभाबाट बजेट सर्वसहमतिले पारित भएको हो । मन्त्रालयको बजेट र अबण्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए ।

7/14/2021

पर्सा, ३० असार । वीरगंज महानगरपालिका–१३ स्थित मनोज आयल स्टोर अगाडि सडकमा ना.४० प २८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका ५० वर्षीय सञ्जु सिंहको बुधबार बिहान मृत्यु भएको छ ।

7/14/2021

कलैया, ३० असार । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ ।

7/14/2021

सिरहा, ३० असार । सिरहा जिल्लामा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको र अब ३० प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

ट्रेन्डिङ