महोत्तरी, ५ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका अन्तर्गत मटिहानीमा रहेको धार्मिक, ऐतिहासिक लक्ष्मीसागर पोखरीको सरसफाइ गरिएको छ ।
रुपन्देही, ४ साउन । लुम्बिनी साँस्कृतिक नगरपालिका–७ अधियारी बस्ने १९ वर्षीया रिनु यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
पर्सा, ४ साउन । सखुवाप्रसौनी गाउँपालिका–५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई १ थान एयर गन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ४ साउन । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले आग्रह गरेको छ ।
काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।
काठमाडौं, ४ साउन । प्रतिनिधिसभाबाट विश्वासको मत पाउने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
रुपन्देही, ४ साउन । तिलोत्तमा नगरपालिका–६ स्थित भित्री सडकमा लु.२९ प ७०८५ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको स्यालसँग ठोक्किँदा एक किशोरको मृत्यु भएको छ ।
कैलाली, ४ साउन । विभिन्न लागूऔषधसहित कैलालीका छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरबाट १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय पारस बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ४ साउन । मौलापुर नगरपालिका–५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी नेपाल अध्यक्ष महन्थ ठाकुरले संविधानको जे जति गुणगान गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा जनताको आदेशबाट नभई सर्वोच्च अदालतको परमादेशबाट नै आएको बताएका छन् ।
पर्सा, ३ साउन । पोखरीया नगरपालिका–६ शिर्सिया बस्ने ५८ वर्षीया लक्ष्मीनिया देवी तत्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
कपिलवस्तु, ३ साउन । कपिलवस्तु नगरपालिका–१ गौढीचोकस्थित सडकबाट १ थान चोरीको मोटरसाइकल सहित यशोधरा गाउँपालिका–५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ३ साउन । भजनी नगरपालिका–८ सुनाफाटास्थित सडकमा से.२ प ८५० नम्बरको मोटरसाइकलबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।
काठमाडौं, ३ साउन । भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।
जनकपुरधाम, ३ साउन । जनकपुर–जयनगर रेल्वे खण्डको आइतबार ट्रयाकको परीक्षण गरिएको छ । भारतीय रेलमार्फत् लिक बनाएको दुई वर्षपछि ट्रयाकको परीक्षण गरिएको हो ।
काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रवादी नेताको रुपमा परिचय बनाएका डा.रावलको राजीनामाले राजनीतिक तरंग ल्याएको छ ।
वीरगञ्ज, ३ साउन । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संसदीय विकास कोषको १० लाख रकमबाट उद्योग वाणिज्य संघ वीरगञ्जलाई सीसीटीभी क्यामरा प्रदान गरेका छन् ।
वीरगञ्ज, ३ साउन । सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले आपत्ति जनाएको छ ।
बारा, ३ साउन । नेपाली कांग्रेसको आसन्न महाधिवेसन लक्षित क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य थप्ने विषयमा संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ ।
रौतहट, ३ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका सिडियो इन्द्रदेव यादवले
काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव समूह आजदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको छ ।
महोत्तरी, २ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा बर्थि∙ सेन्टर (प्रसुति गृह) सञ्चालन गरिएको छ ।