6/25/2021

कैलाली, ११ असार । कैलाली जिल्लाको टिकापुर नगरपालिका १ टिकापुरस्थित बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ चार लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

6/25/2021

नेपालगञ्ज, ११ असार । नेपालगञ्ज उपमहानगरपालिकाले ०७८/७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशमशेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिइएको बताए ।

6/25/2021

लहान, ११ असार । सिराहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगर सभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यही असार १० गतेभित्र नगर तथा गाउँ सभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक

6/25/2021

जनकपुरधाम, ११ असार । जनकपुरधाम उप–महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८–०७९ को लागि एक अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ ।

6/25/2021

वीरगञ्ज, ११ असार । कोरोना महामारीका कारण करिब दुई महिनादेखि जारी रहेको बन्दाबन्दीको अवस्थामा अतिविपन्न वर्गका लागि रेल्वे कटेजद्वारा सञ्चालित निःशुल्क भोजन अभियान “फिड फोर निडी“ ले ५१ दिनमा पनि जारी रहेको छ ।

6/25/2021

वीरगञ्ज, ११ असार । वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

6/25/2021

जनकपुरधाम, ११ असार । प्रदेश २ सरकारको मन्त्रिपरिषद् समावेशी नरहेको भन्दै उच्च अदालत जनकपुरधाममा रिट परेको छ ।

6/24/2021

महोत्तरी, १० असार । महोत्तरीको पिपरास्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयको परिसरमा भएका बृक्षरोपन कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश ‘अहिराज’ ले सहभागिता जनाएका छन् ।

6/24/2021

सर्लाही, १० असार । सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट सुरु भएको कोभिड–१९ घुम्ती सहयोग केन्द्रबाट ९ किसिमका सेवा एक साथ प्रदान गरिँदैछ ।

6/24/2021

पर्सा, १० असार । पर्साका विभिन्न मठमन्दिरका पूजारीहरुलाई विश्व हिन्दु परिषद् नेपालले राहत वितरण गरेको छ ।

6/24/2021

जनकपुरधाम, १० असार । ट्रमा सेन्टर अन्यत्र सार्न पाइँदैन भन्दै धनुषाको ढल्केबरमा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।

6/24/2021

रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ । झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।

6/24/2021

सिरहा, १० असार । सिरहाको धनगढीमाई १२ विष्णपुरकट्टिस्थित स्थानीय युवाले हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको छ ।

6/24/2021

जनकपुरधाम, १० असार । प्रहरीले झूटा विवरण र कैफियत देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने काम रोक्नुपर्ने माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

6/24/2021

बारा, १० असार । बाराको सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार आयोजित पाँचौ नगरसभामा ५४ करोड ७३ लाख ५८ हजारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

6/24/2021

जनकपुरधाम, १० असार । जनकपुरधाममा मेयर र उपमेयरसँग जोडेर आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुने भएको छ । जनकपुरधाम उप–महानगरपालिकाकोे सातौं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मेयर र उपमेयरसँग जोडेर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

6/24/2021

महोत्तरी, १० असार । महोत्तरीको मटिहानी नगरपालिकाको नगरसभा भइरहेकै बेला नगरपालिका कार्यालयमा भने असन्तुष्ट समूहले ताल्चा लगाएका छन् ।मटिहानी नगरपालिकामा पाँच दल र स्थानीय मिलेर नगरपालिकाको मुल गेटमा ताल्चा लगाएका हुन् ।

6/24/2021

वीरगञ्ज, १० असार । पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत परवानीपुर बन्दरगाह सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

6/24/2021

लहान, १० असार । सशस्त्र प्रहरीको टोलीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ ।

6/24/2021

काठमाडौं, १० असार । भारतले आफ्ना छिमेकी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ ।

6/24/2021

जनकपुरधाम, १० असार । क्षीरेश्वरनाथ नगरपालिकाले आठौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ६१ करोड २४ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ । धनुषाको महेन्द्रनगरमा आयोजित आठौं नगर सभामा

6/24/2021

सर्लाही, १० असार । सर्लाहीको बरहथवा नगरपालिकामा दुई गाउँबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

6/24/2021

विराटनगर, १० असार । चट्याङ लागेर मोरङको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ ।

6/24/2021

कैलाली, १० असार । गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा से.७ प ४३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

6/24/2021

कपिलवस्तु, १० असार । कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ