6/18/2021

काठमाडौं, ४ असार । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

6/18/2021

कपिलवस्तु, ४ असार । बुद्धभूमि नगरपालिका–८ मधुनगरामा ट्याक्टले घर अगाडि हर्न बजाएको बिषयमा कुटपिट हुँदा २ जना घाइते भएका छन् ।

6/18/2021

मोरङ, ४ असार । पथरी शनिश्चरे नगरपालिका–१ सिनेमाहल छेउ बस्ने ३५ वर्षीय नारायण परियार र सोही ठाउँ बस्ने ३२ वर्षीय कृष्ण दर्नालाई १३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र लागूऔषध तौल गर्ने मेशिन सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/18/2021

रुपन्देही, ४ असार । कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको छ ।

6/18/2021

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले निर्वाचित आयोग समक्ष आधिकारिकताको दाबी पेश गरेका छन् ।

6/17/2021

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री भएका नौ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

6/17/2021

सर्लाही, ३ असार । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो ।

6/17/2021

पर्सा, ३ असार । पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन् । 

6/17/2021

पर्सा, ३ असार । पर्साको वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

6/17/2021

जनकपुरधाम, ३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

6/17/2021

जनकपुरधाम, ३ असार । महोत्तरीको बर्दिवास नगरपालिकाको दुर्गम इलाकाको वन क्षेत्रबाट अवैध सालको काठ तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ ।

6/17/2021

महोत्तरी, ३ असार । महोत्तरीमा गोली प्रहार गरी डाकाहरुको समूहले लाखौंको लुटपाट गरि फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका १ पर्सा बजारमा गएराति डाकाहरुको समूहले राजीव ज्वेलरी सुन चाँदी पसलमा ८–१० जनाको संख्यामा रहेका हातहतियार सहितका डाकाहरुले लुटपाट गरेका छन् ।

6/17/2021

वीरगञ्ज, ३ असार । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख फिरौती माग गर्ने एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव छन् ।

6/17/2021

बारा, ३ असार । बारामा एक युवकको शव फेला परेको छ । बाराको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै युवकको शव फेला परेको हो ।

6/17/2021

वीरगन्ज, ३ असार । विगत २ महिनादेखि फलामको साङ्लोले बाँधिएर राखिएका एक ब्यक्तिको उद्धार गरिएको छ । पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका– १७ अलौ टोलमा बाँधेर राखिएको अवस्थामा ४३ बर्षिय हृदय नारायणसाह तुराहाको बुधबार उद्धार गरिएको हो ।

6/17/2021

रौतहट, ३ असार । रौतहटमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमित तथा कोरोनाको कारण मृत्यु हुनेको दर घट्दै गएको छ । लगातारको निषेधाज्ञा र सतर्कताको कारण संक्रमण तथा मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

6/17/2021

राजविराज, ३ असार । सप्तरीमा भुतही बलान खोलाको बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ । सप्तरी बलान बिहुल गाउँपालिका–४ बेल्ही बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारीको मृत्यु भएको हो।

6/17/2021

सर्लाही, ३ असार । बर्खा लागेसँगै सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका छन् । केही दिन यता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे पाखाका गोरेटो बाटोहरू अवरुद्ध भएका हुन् ।

6/17/2021

महोत्तरी, ३ असार । सिमेन्ट माग्ने विषयमा विवाद हुँदा कुटाकुट भएको छ । कुटाकुटमा दुई जना घाइते भएका छन् । महोत्तरीको सम्सी गाउँपालिका वडा न. ५ पोखरभिण्डामा भइरहेको विकास निर्माणका कार्यमा कमिसनको सट्टा सिमेन्टको बोरा माग्दा विवाद भएको थियो ।

6/17/2021

जनकपुरधाम, ३ असार । गृहजिल्ला धनुषा भ्रमणको क्रममा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया र प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजबीच भेटवार्ता भएको छ ।

6/17/2021

जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले अस्थायी राजधानी जनकपुरधाममा एक सय सैय्याको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

6/16/2021

काठमाडौं, २ असार । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट १७ जना व्यक्तिलाई कार्यकारिणी सदस्य मनोनित गरी यस सम्बन्धी नामावली अद्यावधिक गर्न निर्वाचन आयोगमा नाम बुझाएका छन् ।

6/16/2021

काठमाडौं, २ असार । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सहभागी नहुन प्रथम वरियताका अध्यक्ष महन्थ ठाकुरले आग्रह गरेका छन् ।

6/16/2021

रौतहट, २ असार । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले रौतहटस्थित गढीमाई मन्दिर क्षेत्रमा वृक्षरोपण गरेका छन् ।

6/16/2021

जनकपुरधाम, २ असार । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण भ्रमण गरेका छन् ।

ट्रेन्डिङ