जनकपुरधाम, २ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बुधबार जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
नेपालगञ्ज, २ असार । बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक सातादेखि सबैखाले पसल खोल्न अनुमति दिइएको छ ।
रौतहट, २ असार । रौतहटका तीन स्थानीय तह संक्रमणमुक्त भएका छन् । रौतहटका १८ स्थानीय तहमध्ये गरुडा, मौलापुर र माधवनारायण नगरपालिका संक्रमणमुक्त भएका हुन् ।
बाँके, २ असार । बाँकेका किसान पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि अकार्षित भएका छन् ।
कपिलवस्तु, १ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित चेकपोईन्टबाट सशस्त्र प्रहरीले करीव २२ लाख ४५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फलामसहित दुई जनालाई पक्राउ गरेको छ ।
रुपन्देही, १ असार । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ३ सोगास्थित पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
जनकपुरधाम, १ असार । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ ।
सर्लाही, १ असार । बिषाक्त मदिरा सेवनका कारण सर्लाहीको एउटै गाउँका ८ जनाको मृत्यु भएको छ । जिल्लाको ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ५ पडरिया टोलमा बिषाक्त मदिरा सेवनका कारण सोही टोलका ८ जनाको मृत्यु भएको हो ।
सर्लाही, १ असार । सर्लाहीमा फेरि एक साता निषेधाज्ञा लम्ब्याइएको छ । मलङ्गवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
वीरगन्ज, १ असार । पर्सामा ६३ प्रतिशत ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । चिनियाँ खोप भेरोसेलले शरीरमा नकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका छन् ।
जनकपुरधाम, १ असार । मधेशी आयोगका अध्यक्ष तथा उच्चस्तरीय अनुगमन समितका संयोजक डा. विजयकुमार दत्त र नेपाल प्रहरी का प्रदेश २ प्रमुख तथा प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहबीच मंगलबार प्रदेशको समग्र वस्तुस्थिति बारे छलफल भएको छ ।
काठमाडौं, १ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह गर्न नसकेको र पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
कपिलवस्तु, १ असार । हातहतियार खरखजना,ज्यानमार्ने उद्योग,कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, १ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सातौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।
काठमाडौं, १ असार । प्रदेश २ को महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
जनकपुरधाम, ३१ जेठ । प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरिने भएको छ । यसको संशोधनका लागि सांसदहरु सहभागी भएको मस्यौदा समिति गठन गरिएको छ ।
काठमाडौं, ३१ जेठ । नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।
सिमरा, ३१ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले देशलाई अझै प्रधानमन्त्री केपीशर्मा ओलीको खाँचो रहेको बताएकी छन् ।
बाँके, ३१ जेठ । बाँकेका किसान पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि अकार्षित भएका छन् ।
सर्लाही, ३१ जेठ । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ ।
वीरगञ्ज, ३१ जेठ । स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ । धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो ।
काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा १६ जना थप गर्दै विस्तार गरेका छन् ।
काठमाडौं, ३१ जेठ । संघीय सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी नेपालका मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले सात दिनभित्र स्पष्टीकरण मागेका छन् ।
जनकपुरधाम, ३१ जेठ । गोर्खा सिमेट्रिज ट्रष्टले कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेश २ सरकारलाई ६ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।