6/9/2021

पर्सा, २६ जेठ । वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/9/2021

कैलाली, २६ जेठ । लम्कीचुहा नगरपालिका–२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका–४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

6/9/2021

मोरङ, २६ जेठ । केराबारी गाउँपालिका–९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई विभिन्न हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

6/9/2021

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश २ मा सत्ता सहकार्यका लागि सहमति भएको छ ।

6/8/2021

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले उपेन्द्र यादवमाथि मधेश विरोधी र निरंकुश पात्र रहेको आरोप लगाएको छ ।

6/8/2021

वीरगन्ज, २५ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायी, मजदुर र कर्मचारीका लागि तत्कालै १ लाख डोज कोभिड विरुद्धको खोप सरकारसँग माग गरेको छ ।

6/8/2021

जनकपुरधाम, २५ जेठ । प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ ।

6/8/2021

जनकपुरधाम, २५ जेठ । उच्च अदालत, जनकपुरको राजविराज इजलासले प्रदेश २ सरकारसँग लामो समयदेखि जारी निषेधाज्ञामा अतिगरिब विपन्न वर्गलाई राहत नदिनुको कारण माग गरेको छ ।

6/8/2021

काठमाडौं, २५ जेठ । भारतीय प्रतिस्पर्धात्मक ऊर्जा बजारमा नेपाल पहिलोपटक सफल भएपछि नेपालका ऊर्जा सचिवले आफ्ना भारतीय समकक्षीलाई आगामी प्रक्रियाका लागि ध्यानाकर्षण गराएका छन् ।

6/8/2021

काठमाडौं, २५ जेठ । सरकारले रासायनिक मल आयातका लागि भारतसँग ‘जी टु जी’ मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

6/8/2021

कैलाली, २५ जेठ । गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका–५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/8/2021

सुनसरी, २५ जेठ । धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/8/2021

जनकपुरधाम, २५ जेठ । सशर्त अनुदानको योजनाको विरोध गर्दै प्रदेश २ का विपक्षीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गरेका छन् । विपक्षी दलहरुले प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार अवरुद्ध गरेका हुन् ।

6/8/2021

गौर, २५ जेठ । रौतहटमा विपद् व्यवस्थापनको लागि पूर्वाभ्यास शुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा गर्ने अभ्यास सदरमुकाम गौरस्थित बरहवा तालमा ३ दिनसम्म चल्नेछ ।

6/8/2021

महोत्तरी, २५ जेठ । लोहारपट्टी नगरपालिका–६ बस्ने ४५ वर्षीया गायत्री देवी साह अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट सोमबार राति घाइते भएकी छन् ।

6/8/2021

कैलाली, २५ जेठ । जोशीपुर गाउँपालिका–३ बडहरीया बस्ने हरिलाल चौधरीलाई से.१ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको २ थान साल जातको काठ सहित प्रहरीले पक्राउ गरेको छ ।

6/8/2021

उदयपुर, २५ जेठ । त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

6/8/2021

कैलाली, २५ जेठ । धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट ६ ग्राम १ सय ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट र १ थान डिजिटल तराजु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/8/2021

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कोरोना महामारीमा अरु देशलाई भन्दा नेपाललाई अलि फरक किसिमले सहयोग गनुपर्ने बताएका छन् । बीबीसी हिन्दीकी शालू यादवसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले खुला सीमा र आवागमन भएकाले पनि भारतले थोरै फरक हिसाबले नेपाललाई हेर्नुपर्ने बताएका हुन् ।

6/7/2021

रौतहट, २४ जेठ । फतुवा बिजयपुर नगरपालिका–११ भैसही बस्ने सिकिन्द्र महतोको घरमा सोमबार बिहान आगजनी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

6/7/2021

मोरङ, २४ जेठ । जहदा गाउँपालिका–१ बुधनगरस्थित सडक नजिकको खाली जग्गामा को.३२ प ९५२१ र को.२० प ८७६१७ नम्बरका २ वटा मोटरसाइकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरको विभिन्न ब्राण्डका मदिरा प्रहरीले बरामद गरेको छ ।

6/7/2021

बारा, २४ जेठ । महागढीमाई नगरपालिका–२ इनर्वा चोकबाट ४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

6/7/2021

विराटनगर, २४ जेठ । नेपाल र भारतका सुरक्षा अधिकारीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी सहकार्य एवम् साझा प्रयासमा जोड दिएका छन् ।

6/7/2021

काठमाडौं, २४ जेठ । नेपाली सेनाले कोभिड विरुद्धको स्वास्थ्य सामग्री भारतबाट नेपाल ल्याएको छ । ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ गएको थियो ।

6/7/2021

जनकपुरधाम, २४ जेठ । जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिए ।

ट्रेन्डिङ