जनकपुरधाम, २४ जेठ । जनता ससमाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष प्रदेश २ को प्रदेशसभा बैठकमा अनुपस्थित भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभा छैटौं अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्यहरु सहभागी भएनन् ।
काठमाडौं, २४ जेठ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई समर्थन गर्दै विभिन्न क्षेत्रका ८१ जनाले आइतबार विज्ञप्ति जारी गरेका छन् ।
नेपालगञ्ज, २४ जेठ । बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।
रौतहट, २४ जेठ । गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २४ जेठ । प्रदेश २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आजदेखि बस्दैछ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ ।
काठमाडौं, २३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।
जनकपुरधाम, २३ जेठ । प्रदेश नं. २ को सरकारले पूर्वराजपाबाट भौतिक पूर्वाधार विकासमन्त्री चार जनालाई बर्खास्त गरेको छ ।
रौतहट, २३ जेठ । गौर नगरपालिका–४ गौर चपुरस्थित सडकमा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज.१ त ४४१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका–७ बंकुल बस्ने ३२ वर्षीय मुकेश जयसवालको मृत्यु भएको छ ।
काठमाडौं, २३ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चान्दा चौधरीले पदभार ग्रहण गरेकी छन् । आइतवार मन्त्री चौधरीले सिंहदरवारमा पदभार ग्रहण गरेकी हुन् ।
काठमाडौं, २३ जेठ । विगत लामो समयदेखि “राज संस्था एवं हिन्दू अधिराज्य पुनःस्थापना“ लगायतका विभिन्न मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन “राष्ट्रिय नागरिक संवाद अभियान“ लाई निरन्तरता दिंदै आफ्नो संगठन विस्तार कार्यलाई युद्ध स्तरमा अगाडी बढाएको छ ।
सिरहा, २३ जेठ । मिर्चैया नगरपालिका–५ स्थित शिवजी मेडिकलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय राम सागर साफी अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् ।
कैलाली, २३ जेठ । मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका–२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, २३ जेठ । सर्लाहीमा कोरोना भाइरसको दोस्रो मात्रा सबैलाई लगाउन पुग्ने गरी नआउँदा पहिलो मात्रा खोप लगाएका नागरिक चिन्तित बनेका छन् ।
जनकपुरधाम, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश नम्बर २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।
काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्रीमा नियुक्त हुने बित्तिकै दिएको पहिलो अभिव्यक्तिबाट नै विवादमा तानिएका छन् ।
काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन् ठाकुरले आफूहरुको माग र मुद्दा सम्बोधन हुने प्रक्रिया भएको बताएका छन् ।
काठमाडौं, २२ जेठ । उपप्रधान तथा शहरी विकासमन्त्री मन्त्री एवम् जसपाका नेता राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहो¥याएका छन् ।
नेपालगन्ज, २२ जेठ । सशस्त्र प्रहरीले नेपालगन्जको सीमा नाकाबाट सशस्त्र प्रहरीको कडा निगरानीका कारण ठुलो परिमाणमा मोबाइल सेटहरू बरामद गरेको छ ।
काठमाडौं, २२ जेठ । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।
जनकपुरधाम, २२ जेठ । प्रदेश २ सरकारले आउँदो असार १ गते प्रदेश सभामा अगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।
वीरगन्ज, २२ जेठ । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ ।
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन् ।
काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीले आज सपथ खाँदैछन् । आजै साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिदैँछन् ।
परासी, २१ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कुनै पक्षसँग छलफल नभएको बताएका छन् । जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला भएको मन्त्री त्रिपाठीको भनाइ छ ।