कैलाली, ३१ जेठ । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहमा से.५ प २६७१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भजनी नगरपालिका–१ बस्ने ४६ वर्षीयि सादुराम डगौराको मृत्यु भएको छ ।
बाँके, ३१ जेठ । राप्ती सोनारी गाउँपालिका–६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, ३१ जेठ । प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाहीलाई निर्वाचन आयोगले अस्वीकृत गरेको छ । आयोगले दुवै अध्यक्षले एक अर्कामाथि गरेको कारबाही अद्यावधिक गर्न लेखेको पत्रलाई अस्वीकृत गरेको हो ।
वीरगञ्ज, ३० जेठ । कोरोना संक्रमणलाई रोक्न तथा थप फैलिन नदिन पर्सा जिल्लामा लगाइएको निषेधाज्ञालाई एक हप्ता थप गरिएको छ । हाल जिल्लामा जारी रहेको निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।
जनकपुरधाम, ३० जेठ । जसपाका सांसद उपेन्द्र महतोले प्रदेश २ का मन्त्रीहरुलाई अब जनताले लखेट्ने बताएका छन् । उनले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भएकाले त्यसका लागि प्रदेश सरकारले तयारी नगरे जनताले मन्त्रीका झण्डावाल गाडीलाई लखेट्ने बताएका हुन् ।
जनकपुरधाम, ३० जेठ । नेकपा माओवादी केन्द्र प्रदेश २ का प्रदेश सभा सदस्य किशोरी साह कमलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको १० प्रतिशत काम पनि पूरा भए आफूले राजनीति नै नगर्ने बताएका छन् ।
काठमाडौं, ३० जेठ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश २ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा शनिबार ५ जना बालिका पोखरीमा डुबेर मृत्यु भएको घटनाको घटनास्थलमा पुगी स्थलगत अनुगमन गरेका छन् ।
जनकपुरधाम, ३० जेठ । पोखरीमा डुबेर मृत्यु भएको बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
जनकपुरधाम, ३० जेठ । उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई उनको निर्वाचन क्षेत्र नं ४ को महेन्द्रनगरमा स्वागत गरिएको छ ।
जनकपुरधाम, ३० जेठ । धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् ।
जनकपुरधाम, ३० जेठ । धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पोखरीमा पाँच बालिकाहरुको डुबेर मृत्यु भएको घटनाप्रति उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले शोकसहित समवेदना प्रकट गरेका छन् ।
जनकपुरधाम, ३० जेठ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले कोरोनाबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको छ ।
काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।
बाँके, ३० जेठ । कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा एक कामदारको मृत्यु भएको छ ।
कपिलवस्तु, ३० जेठ । कपिलवस्तु नगरपालिका–३ डेरवास्थित सडकमा लु.२७ प ३४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
रौतहट, ३० जेठ । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा, ३० जेठ । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३० वर्षीया शुशिला थापा लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, २९ जेठ । सुनवर्सी नगरपालिका–८ सिक्टीबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २९ जेठ । कपिलवस्तु नगरपालिका–१ आनन्दबाग कैलाश टोल बस्ने मैसिन भन्ने ३३ वर्षीय पूर्ण वीर पाल्पाली(कुम्हाल)लाई १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २९ जेठ । नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोभिड–१९ विरुद्वको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजको विशेष उपस्थितीमा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।
जनकपुरधाम, २९ जेठ । युएनडिपीले प्रदेश २ सरकारलाई ६० थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।
जनकपुरधाम, २८ जेठ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र प्रदेश २ का प्रमुख डा.राजेश अहिराज बीच छलफल भएको छ ।
काठमाडौं, २८ जेठ । नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माण गर्ने कार्यको भारतका रक्षामन्त्री राजनाथ सिंहले प्रशंसा गरेका छन् ।