जनकपुरधाम, २८ जेठ । धनुषा जिल्लाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा पाँच बालबालिकाको डुबेर मृत्यु भएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले उनीहरूको डुबेर मृत्यु भएको बताए ।
काठमाडौं, २८ जेठ । भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
काठमाडौं, २८ जेठ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले नागरिकता अध्यादेश सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन् ।
कपिलवस्तु, २८ जेठ । कोभिड महामारीमा हातमुख जोर्न गार्हो परेका विपन्न परिवारलाई सेवा ईन्टरनेशनलको सहयोगमा हिन्दु स्वयंसेवक संघको समन्वयमा कपिलवस्तुको महराजगंजमा राहत खाद्यान्न वितरण भएको छ ।
जनकपुरधाम, २७ जेठ । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
काठमाडौं, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहलाई पठाएको ससर्त अनुदानमा सम्भव भएसम्म सच्याउने प्रतिबद्धता जनाएका छन् । प्रदेश सभामा बुधबार सम्बोधन गर्दे मुख्यमन्त्री राउत स्थानीय तहलाई प्रदेश सरकारले पठाएको ससर्त अनुदान सच्याउन हरसम्भव सरकारले प्रयास गर्ने बताए ।
जनकपुरधाम, २७ जेठ । प्रदेश २ का विपक्षी दलका सांसदहरूले बजेट कार्यान्वयन गर्ने भरपर्दो आधार तयार गर्न सरकारलाई सुझाव दिएका छन् ।
रुपन्देही, २७ जेठ । हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो ।
विराटनगर, २७ जेठ । के एल दुगड समुहले विराटनगर स्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामग्रीहरु वितरण गरेको छ ।
सिरहा, २७ जेठ । सिरहामा एक प्रधानाध्यापक माथि कुटपिट गरिएको छ । सिरहा नगरपालिका वडा नं. १० स्थित नरहैया सुन्दर निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक अशेश्वर महतोमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
पर्सा, २७ जेठ । निषेधाज्ञाका समयमा अत्यावश्यक सामग्रीबाहेक व्यापारिक फर्म जबरजस्ती खोलेको पाइएपछि पर्सा प्रहरीले विभिन्न फर्मका १३ जनालाई पक्राउ गरेको छ । अटेर गरी जबरजस्ती खोलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको हो ।
महोत्तरी, २७ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
गौर, २७ जेठ । रौतहटमा श्रोत नखुलेको लाखौँ रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ रामपुरखाप स्थितमा नेपाल भारत सीमामा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
विराटनगर, २७ जेठ । बिराटनगरका मुस्लिम युवाहरुले लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सुरक्षा सामाग्री घर घरमा पु¥याएका छन् ।
लहान, २७ जेठ । सामाजिक संस्थाहरु प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले सिरहाको धनगढीमाई नगरपालिका ११ सोनापुरमा रहेको श्रमजीवी केयर अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
बारा, २७ जेठ । कलैया सिटी जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि जेठ १९ गतेदेखि शुरु भएको बुधबार आठौं दिन राहत वितरण भएको छ ।
जनकपुरधाम, २६ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मन्त्रिपरिषदको विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री भएका तीन जनालाई प्रदेश प्रमुख डा.राजेश अहिराजले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
काठमाडौं, २६ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
जनकपुरधाम, २६ जेठ । प्रदेश २ का सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र पक्ष) र नेपाली कांग्रेसबीच सत्ता साझेदारीका लागि दुईबुँदे सहमति भएको छ ।
राजविराज, २६ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा छिटो न्याय सम्पादनको माग गर्दै सप्तरीमा नेकपा माओवादी केन्द्रले प्रदर्शन गरेको छ ।
जनकपुरधाम, २६ जेठ । प्रदेश २ का सांसदहरुले गिट्टी–बालुवा उत्खनन् गरी भारत निकासी गर्ने संघीय सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । यो नीतिले समग्र प्रदेश २ मा प्रतिकूल असर पर्ने उनीहरुको भनाइ छ ।
वीरगन्ज, २६ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै सुविधा सम्पन्न आईसीयू कक्ष (बाल सघन चिकित्सा इकाइ ) निर्माण गरेको छ ।
सर्लाही, २६ जेठ । कोरोना संक्रमित बढ्दै गएपछि सर्लाहीमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरिएको छ । मंगलबार जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा बढाएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
काठमाडौं, २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई मन्त्रालयअन्तर्गत रहेको महिला बालबालिका विभागले विस्तृत ब्रिफिङ्ग गरेको छ । बुधबार पुल्चोकस्थित रहेको विभागको कार्यालयमा विभागका निर्देशक दुर्गादेवी देवकोटा पौडेलले एक कार्यक्रमका बीच विभागको गतिविधि बारेमा जानकारी गराएकी हुन् ।