6/4/2021

जनकपुरधाम, २१ जेठ । ढुंगा, गिट्टी र बालुवाको व्यापारिक उत्खनन रोक्न अर्थ र वन मन्त्रालयको विज्ञप्तिले हुँदैन भन्दै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बजेट अध्यादेशबाटै यो बुँदा झिकिनु पर्नेमा जोड दिएका छन् ।

6/4/2021

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अनुसूची १८ अनुसारको पत्र निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले गत बुधबार जसपाको दुबै पक्षबाट एकले अर्कालाई कारवाही गरी पठाएको पत्र नमिलेको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ अनुसार आउन भनेको थियो ।

6/3/2021

जनकपुरधाम, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे दोहन गरेर ढुंगा, गिटी, बालुवा निकासी गर्ने केन्द्र सरकारको कार्यक्रम फिर्ता गर्न चेतावनी दिएका छन् ।

6/3/2021

पर्सा, २० जेठ । कृषि सामग्री कम्पनीको ३० हजार मेट्रिक टन युरिया मलमध्ये १५ हजार मेट्रिक टन वीरगन्ज ल्याइएको छ । कम्पनीले ग्लोबल टेन्डरमार्फत आयात गरिरहेको मल दुई सातायता वीरगन्जस्थित सिर्सिया बन्दरगाहमा क्रमशः आउन थालेको छ ।

6/3/2021

वीरगञ्ज, २० जेठ । सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमले वीरगञ्ज नाकाको स्थलगत निरीक्षण गरेका छन् ।

6/3/2021

जनकपुरधाम, २० जेठ । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए ।

6/3/2021

वीरगञ्ज, २० जेठ । नारायणी अस्पताललाई विभिन्न संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् ।

6/3/2021

वीरगञ्ज, २० जेठ । वीरगञ्ज महानगरपालिकालाई एक औद्योगिक समूहले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । शिवशक्ति ग्रुपले महानगरपालिकालाई ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको छ ।

6/3/2021

सिरहा, २० जेठ । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

6/3/2021

बुटवल, २० जेठ । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

6/3/2021

कैलाली, २० जेठ । कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

6/3/2021

जनकपुरधाम, २० जेठ । नेकपा माओवादी केन्द्रबाट निष्कासित तीन नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ । अर्को पार्टीमा लागेको आरोपमा प्रदेश २ का तीन सांसदलाई साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो ।

6/3/2021

जनकपुरधाम, २० जेठ । कोरोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गरेकी छन् ।

6/3/2021

जनकपुरधाम, २० जेठ । जनकपुरधाममा सडिसकेको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार धेरै दिनदेखि बन्द जनकपुरधाम उपमहानगरपालिका ७ बसहिया स्थित एक घरमा शव फेला परेको हो ।

6/3/2021

जनकपुरधाम, २० जेठ । धनुषामा हतियारसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोल सहित दुई युवक पक्राउ परेका हुन् ।

6/3/2021

नेपालगञ्ज, २० जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि विरामीका आफन्तबाट आक्रमण भयो। अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ ।

6/3/2021

महोत्तरी, २० जेठ । महोत्तरीमा चौथोपटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो ।

6/3/2021

काठमाडौं, २० जेठ । व्यापार घाटा कम गर्ने निहुँमा केपी शर्मा ओली नेतृत्वको सरकारले चुरे क्षेत्र ध्वस्त पार्ने योजना बनाएकोप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले गम्भीर आपत्ति जनाएको छ ।

6/2/2021

काठमाडौं, १९ जेठ । भारतसँग सरकारी स्तर (जीटुजी)मा रासायिनक मल खरिद गर्न मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

6/2/2021

काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पठाएको कारवाहीसम्बन्धी पत्र बदर गरिदिएको छ । अध्यक्षद्वय ठाकुर र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र मंगलबार निर्वाचन आयोगमा पठाएका थिए ।

6/2/2021

काठमाडौं, १९ जेठ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।

6/2/2021

विराटनगर, १९ जेठ । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

6/2/2021

जनकपुरधाम, १९ जेठ । प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट निष्कासित तीन सांसदहरूले आफूहरू पार्टीमै रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

6/2/2021

बारा, १९ जेठ । बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल ठोक्किँएका हुन् ।

6/2/2021

सिरहा, १९ जेठ । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिए पनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढ्को छ ।

ट्रेन्डिङ