5/27/2021

जनकपुरधाम, १३ जेठ । प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचार तथा कोरोना महामारी नियन्त्रणका लागि थप अक्सिजन सिलिन्डर र रेम्डेसिभिर औषधि खरिद गर्ने भएको छ ।

5/27/2021

वीरगञ्ज, १३ जेठ । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ ।

5/27/2021

महोत्तरी, १३ जेठ । दोस्रो चरणको कोभिड—१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।

5/27/2021

जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ संक्रमणको चेन तोड्न वडा÷नगरपालिका सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

5/27/2021

जनकपुरधाम, १३ जेठ । महोत्तरी जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ ।

5/27/2021

सर्लाही, १३ जेठ । सर्लाहीमा मकैको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका छन् । दुई बर्ष अगाडी तिन हजारदेखि ३२ सय रुपैयाँ प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको छैन ।

5/27/2021

रौतहट, १३ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुई हप्ता पहिले मृत्यु भएका पत्रकार मनोजकुमार चौधरीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ ।

5/27/2021

वुटवल, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ ।

5/27/2021

सिरहा, १३ जेठ । जिल्ला अस्पताल सिराहामा कोरोना संक्रमणको उपचार गराइ रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ । स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिराहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई निःशुल्क भोजन वितरण थालिएको छ ।

5/27/2021

वीरगञ्ज, १३ जेठ । जिल्ला प्रशासन कार्यालय पर्साले हाल जिल्लाभर जारी निषेधाज्ञाको समयमा नागरिकता वितरण नभएको जनाएको छ ।

5/27/2021

महोत्तरी, १३ जेठ । निषेधाज्ञाका बेला तेल ट्यांकरमा लुकाएर प्रतिबन्धित गाँजा तस्करी गर्ने ट्यांकर चालक र सहचालक सवा २ क्विन्टल गाँजासहित पक्राउ परेका छन् ।

5/27/2021

जनकपुरधाम, १३ जेठ । कोरोना महामारी फैलिए यता प्रदेश नं. २ का झण्डै ३ प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएका छन् ।

5/26/2021

वीरगन्ज, १२ जेठ । पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

5/26/2021

वीरगञ्ज, १२ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पत्रकार राहत विपद कोषमा रेडियो सान्भी र साझा डेलीको तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

5/26/2021

काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको कोभिसिल्ड खोप उपलब्ध गराइदिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

5/26/2021

कपिलवस्तु, १२ जेठ । नेपाल प्रेस यनियन कपिलवस्तुले जिल्लाका कोभिड १९ संक्रमित पत्रकारहरुलाई घरदैलोमा स्वास्थ्य जाँच तथा परामर्श सेवा सूरु गरेको छ ।

5/26/2021

बारा, १२ जेठ । जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा ट्रान्सफर्मरमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।

5/26/2021

कपिलवस्तु, १२ जेठ । कृष्णनगर नगरपालिका–१२ सोनबर्षा बस्ने नरेन्द्र यादवको घरमा काम गर्दै आएका सोही नगरपालिका–४ सिर्सिहवा बस्ने ३२ वर्षीय ठाकुर कोरीको कुटपिटबाट मृत्यु भएको छ ।

5/26/2021

कैलाली, १२ जेठ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१–००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

5/26/2021

काठमाडौं, १२ जेठ । मधेशका मसिहा भनिएका उपेन्द्र यादवविरुद्ध नै मधेशमा अहिले प्रदर्शन र पुतला दहनसमेत सुरु भइसकेको छ । उपेन्द्र यादवसहित जसपाका केही नेताहरु मधेशविरोधी गतिविधिमा लागेको आरोपहरु लाग्न थालेका छन् ।

5/26/2021

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी नेपालले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवसँग सात प्रश्नसहित तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ ।

5/25/2021

काठमाडौं, ११ जेठ । कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ ।

5/25/2021

काठमाडौं, ११ जेठ । निर्वतमान शहरी विकास मन्त्री प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती रहेकोे बताएका छन् ।

5/25/2021

सर्लाही, ११ जेठ । सर्लाहीमा मंगलबारबाट थप सात दिन निषेधाज्ञा थप भएको छ । बैशाख २५ गते राति १२ बजेदेखि बैशाख ३१ र जेठ १ देखि १० गतेसम्म गरी दुई पटक निषेधाज्ञा गरिसकेको सर्लाही प्रशासनले मंगलबारबाट थप ७ दिन निषेधाज्ञा थपेको हो ।

5/25/2021

जनकपुरधाम, ११ जेठ । प्रदेश २ का ८ जिल्लाका पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

ट्रेन्डिङ