5/23/2021

महोत्तरी, ९ जेठ । कारोना संक्रमणबाट महोत्तरी र रौतहटमा थप १० जनाको मृत्यु भएको छ । महोत्तरी संक्रमणबाट पाँच र रौतहटमा पनि पाँच जनाको मृत्यु भएको छ ।

5/23/2021

जनकपुरधाम, ९ जेठ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्वसभापति माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको छ ।

5/23/2021

रौतहट, ९ जेठ । दिवंगत पत्रकार तथा दुई संस्थाका लेखापाल मनोजकुमार चौधरीको किरियाखर्च भनी तीन संस्थाले आश्रित परिवारलाई सहयोग उपलब्ध गराएका छन् ।

5/23/2021

रौतहट, ९ जेठ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

5/23/2021

विराटनगर, ९ जेठ । प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि कोभिड अस्पताल (कोभिड–१९ युनिट) सञ्चालनमा ल्याएको छ ।

5/23/2021

सिरहा, ९ जेठ । लहान नगरपालिका–१ मटियर्वा लवटोली बस्ने २५ वर्षीय करण पूर्वे लगायत ३ जनालाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलको १ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

5/23/2021

मोरङ, ९ जेठ । मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

5/23/2021

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

5/23/2021

काठमाडौं, ९ जेठ । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरतावादीकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

5/23/2021

वीरगन्ज, ८ जेठ । वीरगन्जको विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।

5/23/2021

काठमाडौं, ८ जेठ । विश्वभर महामारीको रूपमा फैलिइरहेको कोभिड–१९ भाइरस को प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको र देशैभर भाइरसको प्रभाव दिनानुदिन बढ्दै गइरहेको हालको विषम परिस्थितीमा स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी

5/22/2021

वीरगन्ज, ८ जेठ । कोरोना महामारी र निषेधाज्ञाका बेला पसल खोलेर बढी मुल्यमा सामान बेचेको आरोपमा प्रहरीले वीरगन्जबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

5/22/2021

जनकपुरधाम, ८ जेठ । महोत्तरीको छुट्टाछुट्टै स्थानबाट नाबालकसहित ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

5/22/2021

जनकपुरधाम, ८ जेठ । जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा १ किलोको सूनको भेटी चढाइएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र श्रद्धालु निर्मला देवीले २५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन् ।

5/22/2021

काठमाडौं, ८ जेठ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।

5/22/2021

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी छिन् ।

5/21/2021

काठमाडौं, ७ जेठ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताएका छन् ।

5/21/2021

काठमाडौं, ७ जेठ । विपक्षीहरुको गठबन्धनअगावै नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

5/21/2021

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्तक्षरसहित दाबी गरेका छन् ।

5/21/2021

रौतहट, ७ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटले दोश्रो पटक पुनः ७ दिनको लागि जिल्लामा निषेधाज्ञा थप गरेको छ ।

5/21/2021

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत हासिल गर्नुअघि वैकल्पिक सरकारको गठनको अभ्यास चलिरहँदा प्रधानमन्त्री पदका लागि एकल दाबेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थिए ।

5/20/2021

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी नेपालले उठाउँदै आएको नागरिकता समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले स्वागतयोग्य निर्णय गरेको छ । यसमा जसपा अध्यक्ष महन्थ ठाकुरलाई ठूलो सफलता हात लागेको छ ।

5/20/2021

काठमाडौं, ६ जेठ । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

5/20/2021

जनकपुरधाम, ६ जेठ । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेका निधन भएको छ । ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाडौंमा बुधबार निधन भएको हो ।

5/20/2021

जनकपुरधाम, ६ जेठ । धनुषाको मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाका सबै सेवा बिहीबार देखि बन्द भएको छ ।

ट्रेन्डिङ