काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई मान्यता नदिन दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले संघीय संसद सचिवालयलाई आग्रह गरेका छन् ।
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना संक्रमणबाट उनको निधन भएको हो ।
सप्तरी, ४ जेठ । कोरोना संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु हो ।
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई निर्वाचित गरेको जानकारी संघीय संसद सचिवालयलाई जानकारी गराइएको छ ।
महोत्तरी, ४ जेठ । महोत्तरीको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा शौचालय निर्माणबारे विवाद उत्पन्न भई दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
रौतहट, ४ जेठ । रौतहटमा कोरोना संक्रमणको दर कम हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हरेक दिन जारी गर्ने कोरोनासँग सम्बन्धित विवरणमा केही दिनदेखि जिल्लामा कोरोनाको संक्रमण कम भइरहेको देखिएको छ ।
राजविराज, ४ जेठ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव भएको छ । भएका सिलिन्डर रितिँदै गएको र दुहबीस्थित डिपोमा खाली सिलिन्डर भर्न जाँदा तीनदिनपछि मात्र दिन सक्ने बताएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए ।
वीरगन्ज, ४ जेठ । वीरगन्जमा कोरोना संक्रमितको उपचारमा लापरवाही भएको गुनासो बढ्दै गएपछि युवाहरुको सक्रियतामा गठित कोभिड एक्सन टीम (क्याट ) ले अस्पतालमा अनुगमन सुरु गरेको छ ।
कपिलवस्तु, ४ जेठ । लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल) द्वारा कपिलवस्तु अस्पताललाई पाँच लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भन्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेका छन् ।
जनकपुरधाम, ३ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना माहामारी नियन्त्रणका लागी आवश्यक सहयोग गरि दिन प्रदेश स्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरुलाई अपील गरेका छन् ।
रौतहट, ३ जेठ । रौतहट प्रहरीले विभिन्न क्षेत्रबाट सङ्कलन गरेको अक्सिजन सिलिन्डर अस्पतालहरूलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं, ३ जेठ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ ।
काठमाडौं, ३ जेठ । छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि सार्वजनिक गरेको छ ।
कैलाली, ३ जेठ । कैलारी गाउँपालिका–६ बस्ने ६० वर्षीय डम्बर प्रशाद चौधरीको सोही ठाउँस्थित भुरा नदीमा लडेर आइतबार मृत्यु भएको छ ।
बाँके, ३ जेठ । राप्तिसोनारी गाउँपालिका–९ झिझरी खोलास्थित सडकमा ना.६ ख ४९०९ नम्बरको ट्रकले से.३ प ३२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पु¥याएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः शपथग्रहण गराउन माग गरेको छ ।
जनकपुरधाम, २ बैशाख । प्रदेश २ मा बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलार्ई व्यवस्थित गर्न मुख्यमन्त्री लालबाबु राउतले धनुषास्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् ।
बर्दिबास, २ जेठ । उद्योगी उमेश साहले महोत्तरीको बर्दिबास अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
काठमाडौं, २ जेठ । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका छन् । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका थिए ।
भैरहवा, २ जेठ । स्थानीय प्रशासनको सहजीकरणमा भारतबाट भैरहवा नाका हुँदै ५ सय सिलिण्डर लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । यो अक्सिजन रुपन्देहीका अस्पतालमा उपचाररत कोभिडका बिरामीका लागि उपलब्ध गराइने छ ।
राजविराज, २ जेठ । अक्सिजनको अभावलाई न्यूनिकरण गर्न सप्तरीमै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल नजिकै रहेको निजी अस्पताल छिन्नमस्तामा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो ।