5/20/2021

वीरगन्ज, ६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट वीरगन्जको नारायणी अस्पताललाई २ थान भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

5/20/2021

जनकपुरधाम, ६ जेठ । कोरोना महामारीको समय उपचारमा लापरवाही बढेको भन्दै नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि प्रदर्शन गरेको छ ।

5/20/2021

जनकपुरधाम, ६ जेठ । धनुषामा अक्सिजन अभाव भइरहेका बेला थप एक उद्योग सञ्चालन गरिने भएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा धनुषामा फैलिरहेका बेला एउटा उद्योगबाट मात्रै उत्पादित अक्सिजनले धान्न नसकेको अवस्था छ ।

5/20/2021

वीरगन्ज, ६ जेठ । वीरगन्ज महानगरपालिकाले अटोमेटिक अक्सिजन प्लान्ट र अक्सिजन सप्लाई गर्ने पाइपलाइन स्थापना गर्ने भएको छ ।

5/20/2021

वीरगन्ज, ६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्ज विभाग तथा संघ विचार परिवारले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ ।

5/20/2021

जनकपुरधाम, ६ जेठ । तीन वर्षअघि सिरहामा एकजनाको अपहरणपछि हत्याको घटनामा संलग्न तीनजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

5/20/2021

महोत्तरी, ६ जेठ । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएपछि गाउँवासी त्रसित भएका छन् ।

5/20/2021

काठमाडौं, ६ जेठ । गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत रहेको भन्दै सर्वोच्च अदालतले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो ।

5/19/2021

रौतहट, ५ जेठ । रौतहटमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा २०२ जनाको नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

5/19/2021

वीरगन्ज, ५ जेठ । पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ ६ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

5/19/2021

जनकपुरधाम, ५ जेठ । प्रदेश २ सरकारले कोरोना संक्रमितहरूको उपचारमा अक्सिजन ग्यासको अभाव हुन नदिन समिति गठन गरेको छ । अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।

5/19/2021

सर्लाही, ५ जेठ । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि स्थानीय निकायको कुनै तयारी छैन ।

5/19/2021

पर्सा, ५ जेठ । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा उल्लंघन गरी पर्सामा चलाइएका १९ वटा भारतीय नम्बरका मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

5/19/2021

काठमाडौं, ५ जेठ । बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन आइपुगेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ ।

5/19/2021

काठमाडौं, ५ जेठ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ ।

5/19/2021

रौतहट, ५ जेठ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ महुलियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको १ सय ५० कार्टुन स्याउसहित दुई जनालाई पक्राउ गरेको छ ।

5/19/2021

कैलाली, ५ जेठ । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित भित्री सडकमा से.२ प ८३०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १६ वर्षीय आशिष नेपालीको मृत्यु भएको छ ।

5/19/2021

मोरङ, ५ जेठ । रंगेली नगरपालिका–३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

5/19/2021

सर्लाही, ५ जेठ । नेपाली कांग्रेसका नेता मनोज आचार्यले कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिनस्थल निर्माण गर्ने भएका छन् ।

5/19/2021

नेपालगञ्ज, ५ जेठ । अनलाइन पत्रकार संघ, बाँकेले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमित बिरामीलाई लक्षित गरी संघले साताव्यापी रक्तदान कार्यक्रम सुरु गरेको हो ।

5/19/2021

वीरगन्ज, ५ जेठ । पर्साको ग्रामीण भेगमा रहेको एक मात्र सरकारी अस्पतामा बहिरङग (ओपीडी) लगायतका सेवा बन्द हुँदा बिरामी र सेवाग्राही मर्कामा परेका छन् ।

5/19/2021

बुटवल, ५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।

5/18/2021

काठमाडौं, ४ जेठ । काठमाडौँको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । अग्रवाल भवनमा करीव १ सय २६ जनासम्म राख्न सकिने गरी आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

5/18/2021

काठमाडौं, ४ जेठ । सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ ।

5/18/2021

काठमाडौं, ४ जेठ । भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने सम्भावना देखिएको छ ।

ट्रेन्डिङ