5/16/2021

विराटनगर, २ जेठ । कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

5/16/2021

रौतहट, १ जेठ । रौतहटमा दश संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको एकै दिनमा मृत्यु भएको यो सबैभन्दा बढी हो ।

5/16/2021

सिरहा, १ जेठ । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

5/15/2021

काठमाडौं, १ जेठ । संविधान संशोधन होइन पुनर्लेखन, संविधान संशोधन नभएसम्म चुनावमा नजाने, संशोधन नभएसम्म सरकारमा नजाने लगायतका अभिव्यक्तिहरु दिँदै उपेन्द्रले बारम्बार मधेशको मुद्दासँग खेलवाड गर्दै आएका छन् ।

5/15/2021

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी नेपालको शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक डाकिएको कुरा आफूहरुलाई कुनै जानकारी नरहेको अध्यक्ष महन्थ ठाकुरले प्रष्ट पारेका छन् ।

5/15/2021

काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ ।

5/14/2021

काठमाडौं, ३१ बैशाख । दुई देशका नागरिकलाई मात्रै उडान अनुमति भएको एयर बबल अवधारण अनुसार सातामा बुधबार र शुक्रबार गरी दुई दिन काठमाडौं–दिल्ली उडान हुने भएका छन् ।

5/14/2021

विराटनगर, ३१ बैशाख । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

5/14/2021

जनकपुरधाम, ३१ बैशाख । नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकारको परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।

5/14/2021

रौतहट, ३१ बैशाख । रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो ।

5/14/2021

राजविराज, ३१ बैशाख । विभिन्न अस्पताल चहारेर भर्ना हुन नसकेपछि घरमै फर्काएर ल्याइएकी सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

5/14/2021

महोत्तरी, ३१ बैशाख । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार प्रदान गरेको छ ।

5/14/2021

कपिलवस्तु, ३१ बैशाख । कपिलवस्तुमा कोरोना संक्रमणबाट शुक्रबार सशस्त्रका नायब निरीक्षकसहित ७ जनाको मृत्यु भएको छ ।

5/14/2021

बाँके, ३१ बैशाख । कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार ५ जनाको भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

5/14/2021

काठमाडौं, ३१ बैशाख । नेपालको ४३औं प्रधानमन्त्रीको रुपमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

5/14/2021

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४३औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

5/13/2021

काठमाडौं, ३० बैशाख । मुस्लिम आयोगले स्वास्थ्य मापदण्ड अपनाएर ईदको नमाज पढ्न आग्रह गरेको छ । कोरोना महामारीको दोस्रो नयाँ स्वरुप बढ्दै गएकाले यसबाट बच्नका लागि आ–आफ्ना मस्जिद कमिटीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड बमोजिम नमाज पढ्न आयोगले आग्रह गरेको हो ।

5/13/2021

राजविराज, ३० बैशाख । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक साता अगाडि जडान गरिएको भेन्टिलेटर बिरामी नराख्दै बन्द भएको छ ।

5/13/2021

वीरगन्ज, ३० बैशाख । पर्सामा वैशाख १६ गते देखि वैशाख ३० गते सम्मका लागि निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले थप ७ दिनका लागि अर्थात् जेठ ६ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

5/13/2021

वीरगञ्ज, ३० बैशाख । कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचार गराइरहेका थप चार जनाको मृत्यु भएको छ । संक्रमणका कारण पर्साका तीन जना र बाराका एक जनाको मृत्यु भएको हो ।

5/13/2021

जनकपुरधाम, ३० बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको अक्सिजन र स्वास्थ्यकर्मी सुविधासहितको आइसोलेसन कक्ष निर्माण गरेको छ ।

5/13/2021

जनकपुरधाम, ३० बैशाख । रौतहट जिल्लामा एक पत्रकार र एक सञ्चार उद्यमीको कोभिडका कारण मृत्यु भएको छ । जिल्लाको गरुडास्थित रेडियो मधेश मसालाका स्टेशन म्यानेजर पत्रकार मनोज कुमार चौधरी र गौरस्थित रेड टेलिभजनकी सञ्चालिका सञ्चार उद्यमी रमादेवी यादवको कोभिड संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएको हो ।

5/13/2021

काठमाडौं, ३० बैशाख । भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।

5/13/2021

महोत्तरी, ३० बैशाख । महोत्तरीको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ ।

5/13/2021

सर्लाही, ३० बैशाख । सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारेको छ ।

ट्रेन्डिङ