जनकपुरधाम, ३० बैशाख । कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएपछि प्रदेश २ सरकारले १०० शैयाको कोरोना अस्पताल निर्माण सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मणिपाल अस्पतालमा भवनमा अस्पताल निर्माण सुरु गरिएको हो । उक्त भवन वर्षौंदेखि निर्माण रोकिएको थियो ।
जनकपुरधाम, ३० बैशाख । प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
रौतहट, ३० बैशाख । रौतहटमा लुकाएर राखिएका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइ प्रहरीले अस्पताललाई हस्तान्तरण गरेको छ ।
जनकपुरधाम, ३० बैशाख । कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समय धनुषामा जेष्ठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
जनकपुरधाम, ३० बैशाख । कोभिड महामारीले प्रदेश–२ मा बिरामीहरु स्वास्थ्य उपचार नपाइरहेको बेला प्रदेशका सामाजिक विकास मन्त्री र उद्योगमन्त्री मन्दिर निरीक्षण गरेका छन् ।
नेपालगन्ज, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
कपिलवस्तु, २९ बैशाख । कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीय युवाहरुले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग संकलन गरी सहयोगी हातहरु अगाडि बढाइरहेका छन् ।
वीरगन्ज, २९ बैशाख । पर्सामा वैशाख १६ गते देखि वैशाख ३० गते सम्मका लागि निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
पर्सा, २९ बैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित कुनै पनि पत्रलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।
काठमाडौं, २९ बैशाख । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
वीरगञ्ज, २९ बैशाख । प्रदेश २ सरकारले कोरोना महामारीले आक्रान्त पर्सा जिल्लामा थप ३२ जना चिकित्सक स्वास्थ्यकर्मी खटाउने भएको छ । नारायणी अस्पतालमा १९ जना र पोखरिया अस्पतालका लागि १३ जना चिकित्सक स्वास्थ्यकर्मी दिने निर्णय प्रदेश २ सरकारले गरेको हो ।
जलेश्वर, २८ बैशाख । महोत्तरीको जलेश्वरमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय भएको छ । कोरोना संक्रमणबाट जलेश्वरमै ६ जनाभन्दा बढीको मृत्यु भएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
कपिलवस्तु, २८ बैशाख । शिवराज नगरपालिका–३ मैनारीमा लु.३ त ९०६८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ट्याक्टरमा काम गर्ने एक कामदारको मृत्यु भएको छ ।
सप्तरी, २८ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा ना.६ ख ३८६१ नम्बरको ट्रकले साईकललाई मंगलबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
पर्सा, २८ बैशाख । वीरगंज महानगरपालिका–३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना.१९ प ४०२२ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा बहुदरमाई नगरपालिका–४ बस्ने २३ वर्षीय नसिर अन्सारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २८ बैशाख । प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।
काठमाडौं, २८ बैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् ।
काठमाडौं, २८ बैशाख । सरकारकाले भारतको सेरम इन्स्ट्यिुटबाट खरिद गरेको २० लाख डोज खोपमध्ये आपूर्ति हुन बाँकी रहेको १० लाख डोज खोप आउने भएको छ । गत फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।
काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत रहेको बताएका छन् ।
काठमाडौं, २७ बैशाख । सत्तारुढ नेकपा (एमाले)का २८ जना सांसदहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छैनन् । एमाले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले संघीय संसदको विशेष अधिवेशन बहिष्कार गरेका छन् ।
काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत संघीय संसदमा अस्वीकृत भएको छ ।
काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादव समूहले केपी ओली नेतृत्वको सरकारको विरुद्धमा वैकल्पिक सरकार खोज्ने निर्णय गरेको बताएका छन् ।