5/5/2021

पर्सा, २२ बैशाख । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पर्सामा जारी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

5/5/2021

रौतहट, २२ बैशाख । कोरोना महामारीको दोश्रो लहरमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको अवस्थामा रौतहटको तीन स्थानमा सुविधासहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

5/5/2021

काठमाडौं, २१ बैशाख । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् ।

5/4/2021

काठमाडौं, २१ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

5/4/2021

महोत्तरी, २१ बैशाख । कोरोना संक्रमित बढ्दै गएपछि महोत्तरीमा जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको छ । प्रशासनले वैशाख २२ गते बुधबार विहान ६ बजेदेखि ३१ गते शुक्रबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

5/4/2021

सर्लाही, २१ बैशाख । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने बलरा नगरपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका चार जनाको मृत्यु भएको छ ।

5/4/2021

जनकपुरधाम, २१ बैशाख । नेकपा माओवादी केन्द्रले पार्टीलाई बेवास्ता गरेको भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधसँग स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित ३ जना उपप्रमुखसँग स्पष्टीकरण सोधेको हो ।

5/3/2021

रुपन्देही, २० बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका दुई प्रदेश सांसदले मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

5/3/2021

रौतहट, २० बैशाख । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहीदको श्राप लाग्ने बताएकी छिन् ।

5/3/2021

जनकपुरधाम, २० बैशाख । प्रदेश नं. २ को सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

5/3/2021

नेपालगन्ज, २० बैशाख । बाँके जिल्ला प्रशासनले निषेधआज्ञाको अवधी एक हप्ता थपेको छ । कोरोना संक्रमणको जोखिम बढदै गएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप एकसाताका लागि लम्ब्याएको हो ।

5/3/2021

रुपन्देही, २० बैशाख । नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रश्न गरेका छन् ।

5/3/2021

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे देशवासीको नाममा सम्बोधन गरेका छन् । ‘देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।’ उनले भनेका छन् ।

5/3/2021

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै जनता समाजवादी पार्टी नेपालले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।

5/3/2021

रुपन्देही, २० बैशाख । ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा रूपन्देहीको बुटवलमा एक युवकको मृत्यु भएको छ ।

5/3/2021

नेपालगन्ज, २० बैशाख । बाँकेमा तीव्र गतिमा देखिएको कोरोना भाइरस सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो एक हप्तामा मात्रै सङ्क्रमित भई विभिन्न कोभिड आइसोलेशन र होम आइसोलेशनमा स्वास्थ्य लाभ गरेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

5/3/2021

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न ।

5/2/2021

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । उनले आफूले संसद्मा विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका हुन् ।

5/2/2021

जनकपुरधाम, १९ बैशाख । कोभिड–१९ महामारीको दोश्रो लहर भयावह रुप लिँदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

5/2/2021

रुपन्देही, १९ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेलको शपथ ग्रहण रोक्न चार दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्नामा बसेका छन् ।

5/2/2021

रुपन्देही, १९ बैशाख । केही बेरअघि राजीनामा दिएका शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

5/2/2021

कैलाली, १९ बैशाख । कोरोना भाइरसको दोस्रो लहर दिनप्रति दिन बढ्दै गएकोले नियन्त्रणका निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कैलालीमा जारी निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।

5/2/2021

काठमाडौं, १९ बैशाख । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो ।

5/2/2021

धनुषामा, १९ बैशाख । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले बैशाख २१ गते मंगलबारदेखि निषेधाज्ञा लगाउने भएको छ ।

5/2/2021

काठमाडौं, १९ बैशाख । गैरआवासीय मधेशी संघ (एनआरएमए)का कार्यवाहक अन्तर्राष्ट्रिय अध्यक्षमा ई. शम्भुनाथ साह चयन भएका छन् ।

ट्रेन्डिङ