कपिलवस्तु, २४ बैशाख । महाराजगन्ज नगरपालिकाले २५ बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरेको छ ।
काठमाडौं, २३ बैशाख । पिसिआर परीक्षणका लागि स्वाब दिएका प्रतिनिधि सभाका चार सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं, २३ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ ।
जनकपुरधाम, २३ बैशाख । धनुषामा एक जना कोरोना भाइरसका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ । रुघाखोकी तथा ज्वरोको समस्या देखिएका ती बिरामीको उपचार नपाएर ज्यान गएको हो ।
सिरहा, २३ बैशाख । राजस्व संकलन काउन्टरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
वीरगंज, २३ बैशाख । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले आफ्नो सांसद विकास कोषको रकम रकमान्तर गरी कोरोना रोकथाम र उपचारका वीरगंज महानगरपालिकालाई उपलब्ध गराएका छन् ।
जनकपुरधाम, २३ बैशाख । कोरोना महामारीको दोस्रो लहर देशैभरि फैलिएपछि जिल्ला नापी कार्यालय धनुषा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वीरगञ्ज, २३ बैशाख । वीरगञ्ज महानगरपालिकाले शुक्रबारदेखि घुम्ति टोलिद्वारा स्वाब संकलन परीक्षण गरिने भएको छ । महानगरको बारुणयन्त्र कार्यालय आदर्शनगरमा बिहान ७ बजे देखि १० बजे सम्म स्वाब लिने महानगरका मेयर बिजय सरावगीले जानकारी दिए ।
जनकपुरधाम, २३ बैशाख । प्रदेश २ सरकारले अक्सिजन सिलिन्डर भण्डारण गर्न प्रदेशभरका प्रत्येक अस्पताललाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
वीरगञ्ज, २३ बैशाख । वीरगञ्ज महानगरपालिकामा बढ्दै गएको कोरोना संक्रमितहरुको उपचारमा सहज होस् भनेर वीरगञ्ज महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपल्बध गराएको छ ।
राजविराज, २३ बैशाख । सप्तरीमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते राति शनिबार १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
वीरगञ्ज, २३ बैशाख । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रहरीका लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री पीपीइ सहयोग गरेको छ ।
तिलोत्तमा, २३ बैशाख । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।
रौतहट, २३ बैशाख । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको वाग्मती नदी क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम थालिएको छ । यसका लागि आयोजनाले परामर्शदाताको छनोट थालेको हो ।
जनकपुरधाम, २२ बैशाख । कोरोना महामारी फैलिएपछि धनुषासँग जोडिएको भारतीय सीमा नाका बन्द भएको छ ।
काठमाडौं, २२ बैशाख । कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं, २२ बैशाख । भारत सरकारको रु. २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हालै पुनर्स्थापना गरिएको साना जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको छ ।
धनुषा, २२ बैशाख । जनकपुर उपमहागरपालिका–२३ स्थित आँपको बगौंचामा रहेको प्लाष्टिकको बोराभित्र नगराईन नगरपालिका–६ लग्मा बस्ने ४५ वर्षीय ऐलुन राईनको शव फेला परेको छ ।
कपिलवस्तु, २२ बैशाख । कृष्णनगर नगरपालिका–११ झिंगा चोकस्थित सडकमा लु.१ ख ७४५० नम्बरको बसले यूपी ५५ आईएल ०३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
सिरहा, २२ बैशाख । धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, २२ बैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित दुई जना पक्राउ परेका छन् ।
बुटवल, २२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।