4/26/2021

काठमाडौं, १३ बैशाख । सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौ उपत्यकामा बिहिबारबाट निषेधाज्ञा गर्ने निर्णय गरेका छन् ।

4/26/2021

रुपन्देही, १३ बैशाख । लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालहरुलाई उपचार थप प्रभावकारी बनाउनका लागि पौने दुई करोड अर्थात् एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

4/26/2021

सप्तरी, १३ बैशाख । विद्यालय बन्द गर्ने सरकारको आदेश उल्लंघन गरेको भन्दै राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

4/26/2021

विराटनगर, १३ बैशाख । कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई जोगाउनका लागि विराटनगर महानगरपालिकाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।

4/26/2021

कैलाली, १३ बैशाख । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ ।

4/26/2021

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको बढ्दो क्रम भंग गर्नका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

4/26/2021

मोरङ, १३ बैशाख । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

4/26/2021

रुपन्देही, १२ बैशाख । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

4/25/2021

जनकपुरधाम, १२ बैशाख । मोटरसाइकल दुर्घटनामा घाइते भएका विरामीको मृत्यु हुँदा जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ ।

4/25/2021

रुपन्देही, १२ बैशाख । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाभित्रका शैक्षिक संस्थाहरु अनिश्चितकालसम्म बन्द भएको छ ।

4/25/2021

जनकपुरधाम, १२ बैशाख । कोरोना भाइरसको संक्रमणबाट सर्लाहीका एकजना संक्रमित युवकको मृत्यु भएको छ । रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

4/25/2021

नेपालगन्ज, १२ बैशाख । लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर जान लागेको छ ।

4/25/2021

काठमाडौं, १२ बैशाख । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरेको हो ।

4/25/2021

जनकपुरधाम, ११ बैशाख । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।

4/25/2021

कपिलवस्तु, ११ बैशाख । शुद्धोधन गाउँपालिकाको आयोजनामा लवनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

4/25/2021

धनुषा, ११ बैशाख । कमला नगरपालिका–८ सोनापाडास्थित सडकमा बिजुलीको तार उठाउने क्रममा करेन्ट लागेर प्र.२–०३–००१ ख २२६२ नम्बरको टिपरका सह–चालक २२ वर्षीय महमद ताहिर मंसुरको मृत्यु भएको छ ।

4/25/2021

मोरङ, ११ बैशाख । सुन्दरहरैचा नगरपालिका–१० खोर्साने केराबारीमा को.१ ख ६५४७ नम्बरको टिपरले स.३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

4/25/2021

कैलाली, ११ बैशाख । गौरीगंगा नगरपालिका–७ मनकापुरस्थित निराजन सामुदायिक वनबाट वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

4/25/2021

मोरङ, ११ बैशाख । केराबारी गाउँपालिका–३ मंसिरे बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

4/25/2021

जनकपुरधाम, ११ बैशाख । प्रदेश २ का सांसदहरुले निजामती सेवासम्बन्धी ऐन पारित गरेपनि बाँकी प्रक्रिया अगाडि नबढाएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

4/25/2021

काठमाडौं, ११ बैशाख । भारत सरकारको सहयोगमा पाल्पा जिल्लामा नवनिर्मित तीन वटा क्याम्पस भवनको निर्माण सम्पन्न भएको छ ।

4/23/2021

जनकपुरधाम, १० बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पछिल्लो समयमा भयावह रुप लिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरोकारबला निकायहरुलाई निर्देशन दिएका छन् ।

4/23/2021

बदिैया, १० बैशाख । गुण्डा लगाएर कार्यवाहक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले सामूहिक राजीनामा दिएका छन् ।

4/23/2021

रौतहट, १० बैशाख । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ ।

4/23/2021

जनकपुरधाम, १० बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका छन् । केपी ओलीले हिजो आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको नेता नेपालले टिप्पणी गरे ।

ट्रेन्डिङ