4/23/2021

काठमाडौं, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ ।

4/23/2021

काठमाडौं, १० बैशाख । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

4/23/2021

कपिलवस्तु, १० बैशाख । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ११ अर्ब २५ करोडको सौर्य मेघा परियोजना वाणगगा नगरपालिको वडा नम्बर ७ मा बन्ने भएपछि सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।

4/23/2021

काठमाडौं, १० बैशाख । प्रदेश २ को स्थायी राजधानी बारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ ।

4/23/2021

कपिलवस्तु, १० बैशाख । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ । वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढिरहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यलाय बन्द रहने नगरपालिकाले जनाएको छ ।

4/22/2021

जनकपुरधाम, ९ बैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ ।

4/22/2021

सिरहा, ९ बैशाख । उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

4/22/2021

वीरगञ्ज, ९ बैशाख । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् ।

4/22/2021

बारा, ९ बैशाख । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग (फास्ट–ट्रयाक)को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

4/22/2021

पर्सा, ९ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१६, नगवा निवासी ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

4/22/2021

नेपालगन्ज, ९ बैशाख । कोरोना महामारीले बिकराल रुप लिएपछि नेपालगन्जमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि नेपालगन्ज बजार पूर्ण रुपमा बन्द भएको छ । अति आवश्यक व्यवसाय बाहेक अरु खुलेका छैनन् ।

4/22/2021

काठमाडौं, ९ बैशाख । छिमेकी मुलुक चीनसँग सोझो व्यापार गरिरहेका नेपाली व्यापारीहरु विभिन्न वहानामा चिनियाँ पक्षबाट ठगिने, हेपिने र सास्ती व्यहोरि रहनु पर्ने क्रमको अझै अन्त्य हुन नसकेको व्यापारीहरुले गुनासो गरेका छन् ।

4/22/2021

काठमाडौं, ९ बैशाख । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

4/21/2021

काठमाडौं, ८ बैशाख । सीमापार व्यापारमा द्विपक्षीय सहयोगलाई सुदृढीकरण गर्ने र तस्करी रोक्ने लक्ष्यका साथ नेपाल र भारतबीच भर्चुअल माध्यमबाट महानिर्देशक (डीजी) स्तरीय २०औं वार्ता सम्पन्न भएको छ ।

4/21/2021

काठमाडौं, ८ बैशाख । नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ ।

4/21/2021

कपिलवस्तु, ८ बैशाख । शिवराज नगरपालिका–५ चन्द्रौटा बजारबाट नियन्त्रित लागूऔषध ४ सय ४७ ट्याब्लेट नाईट्राभेटसहित एक जना पक्राउ परेका छन् ।

4/21/2021

मोरङ, ८ बैशाख । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका–१९ बस्ने २५ वर्षीय दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

4/21/2021

सुनसरी, ८ बैशाख । इनरुवा नगरपालिका–४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४ सय १५ थान नेपाली नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

4/21/2021

पर्सा, ८ बैशाख । कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

4/21/2021

नेपालगन्ज, ८ बैशाख । नेपालमा पनि सुरु भएको कोरोनाको दोस्रो चरण नेपालगन्जमा भयावह अवस्था हुँदै गएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

4/20/2021

कपिलवस्तु ७ बैशाख । जिल्लाको शुद्धोधन गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले प्रतिवेदन पढेर घोषणा गरेका छन् ।

4/20/2021

वीरगञ्‍ज, ७ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

4/20/2021

नेपालगन्ज, ७ बैशाख । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो ।

4/20/2021

रौतहट, ७ बैशाख । रौतहटका दुई नगरप्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद संकटमा परेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका उपप्रमुखलाई पार्टी हितविपरीत कार्य गरेको भनी २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

4/20/2021

बाँके, ७ बैशाख । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

ट्रेन्डिङ