4/20/2021

वीरगञ्ज, ७ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनको भनाइ छ ।

4/20/2021

कपिलवस्तु, ७ बैशाख । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।

4/20/2021

पर्सा, ७ बैशाख । कोरोना सङ्क्रमणकै कारण पर्सामा मंगलबार फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

4/20/2021

नवलपरासी, ७ बैशाख । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

4/20/2021

काठमाडौं, ७ बैशाख । केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने बताउँदै आएका जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादवलाई लुम्बिनी प्रदेशमा ठूलो झट्का लागेको छ ।

4/19/2021

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका चार जना नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

4/19/2021

सर्लाही, ६ बैशाख । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा अवस्थित ऐतिहासिक ठाउँ मधुवन गोटको स्थलगत निरीक्षण गरेका छन् ।

4/19/2021

पर्सा, ६ बैशाख । वीरगञ्जको नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये ६३ दशमलब ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार त्यो दर ५० प्रतिशत थियो ।

4/19/2021

वीरगन्ज, ६ बैशाख । वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महानगरका विद्यालय बन्द गरिएको छ ।

4/19/2021

जनकपुरधाम, ६ बैशाख । प्रदेश २ को स्थायी राजधानी र नामको लागि सत्तारुढ दल जनता सामाजवादी पार्टी नेपाल र नेकपा (माओवादी केन्द्र)ले प्रस्ताव दर्ता गराएका छन् ।

4/19/2021

काठमाडौं, ६ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाईलाई सरल र सहज बनाउने व्यवस्थाका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।

4/19/2021

कैलाली, ६ बैशाख । कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

4/19/2021

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालका चार जना प्रदेशसभा सदस्य मन्त्री बन्न लागेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो पक्षमा पार्नका लागि जसपाका चार सांसदलाई मन्त्री बनाउन लागिएको हो ।

4/19/2021

रुपन्देही, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

4/19/2021

कपिलवस्तु, ६ चैत । बिजयनगर गाउँपालिका–१ जौवाबराठ बस्ने मधु रोका मगर, कुमार थापा र लक्ष्मण थापाको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

4/19/2021

काठमाडौं, ६ बैशाख । संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी जसपा पछिल्लो समय सत्ता समीकरणमा साँचो बनेको छ । जसपाले जसलाई समर्थन गर्छ सरकार उसैको हुन्छ ।

4/18/2021

महोत्तरी, ५ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बिसनपुरदेखि गवरौरा जोड्ने सडकको मर्मत सम्भार कार्य शुरु गरेको छ ।

4/18/2021

पर्सा, ५ बैशाख । जगरनाथपुर गाउँपालिका–५ मधुआ बस्ने पानालाल पटेलको २ वर्षीय छोरा निपेश पटेलको ना.४ त १७०८ नम्बरको ट्याक्टरले किचेर आइतबार बिहान मृत्यु भएको छ ।

4/18/2021

कपिलवस्तु, ५ बैशाख । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनबाट परमेश्वर यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

4/18/2021

महोत्तरी, ५ बैशाख । महोत्तरी जिल्लाको मटिहानी न.पा. वडा नं. ४ मझौरा विसनपुरमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य हुने भएको छ ।

4/18/2021

झापा, ५ बैशाख । भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल–भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन् ।

4/18/2021

काठमाडौं, ५ बैशाख । नेपाल विद्युत प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ ।

4/18/2021

काठमाडौं, ५ बैशाख । भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ ।

4/18/2021

वीरगञ्ज, ५ बैशाख । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

4/18/2021

जनकपुरधाम, ५ बैशाख । भारतको सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरधामसम्म यसै महिनाभित्र रेल सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले दावी गरेका छन् ।

ट्रेन्डिङ