काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन् ।
जनकपुरधाम, १८ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले आफै पसल–पसल, चौक–चौक गएर मास्क बाँड्दै जनचेतना जगाउने कार्य सुरु गरेका छन् ।
मोरङ, १८ बैशाख । ग्रामथान गाउँपालिका–२ भृकुटीमा को.१ क ३३४५ नम्बरको टिपर र को.२९ प ४१७० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
धनुषा, १८ वैशाख । हंसपुर नगरपालिका–६ तीलही बस्ने २५ वर्षीय शम्भु मण्डलको धारिलो हतियार चक्कु प्रहारबाट शनिबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णय अवैध र गैरकानूनी रहेको भन्दै निर्वाचन आयोग पुगेका छन् ।
मलंगवा, १७ बैशाख । प्रदेश नं. २ सरकारद्वारा मलंगवा अस्पतालका लागि खरिद तथा जडान गरिएका पिसिआर मेशिन तथा एम्बुलेन्सको उद्घाटन गरिएको छ ।
जनकपुरधाम, १७ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको अवस्थाबारे जानकारी लिन प्रदेशस्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल सम्वाद गरेका छन् ।
काठमाडौं, १६ बैशाख । लुम्बिनी प्रदेशमा मन्त्री भएका चार जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको कुरालाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले खण्डन गरेका छन् ।
महोत्तरी, १६ बैशाख । कोभिडको संक्रमणबाट जोगिन जलेश्वरका बासिन्दा योगतर्फ आकर्षित हुन थालेका छन् । घरमै तथा खुल्ला ठाउँमा साना–साना समूह बनाएर योगाभ्यास गर्न थालिएको छ ।
काठमाडौं, १६ बैशाख । नेपाल सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दाहरु फिर्ता लिन सुरु गरेको निर्णयलाई जनता समाजवादी पार्टी नेपालकी सांसद चन्दा चौधरीले स्वागत गरेकी छन् ।
रुपन्देही, १५ बैशाख । जिल्लाको सियारी गाउँपालिका–३ जगहथास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
काठमाडौं, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् ।
काठमाडौं, १५ बैशाख । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरिएन्टको संक्रमण तीव्रगतिमा बढिरहेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।
जनकपुरधाम, १५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले वृक्षरोपणका लागि नेपाली सेनाका जवानहरुलाई बेर्ना प्रदान गरेका छन् ।
काठमाडौं, १५ बैशाख । मधेश आन्दोलनका क्रममा नेपाल सरकार वादी भई चलेका १२० जनामाथिको मुद्दा फिर्ता लिइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले यसलाई राजनीतिक निर्णयसमेत भनेको छ ।
सप्तरी, १५ बैशाख । कोरोना सङ्क्रमणको दोस्रो लहरको उच्च जोखिमलाई टृष्टिगत गरी सप्तरी प्रशासनले भारतीय बजार आवत जावतमा कडाइ गरी निगरानी बढाइएको छ ।
रुपन्देही, १५ बैशाख । विपक्षी दलहरुको समावेदनमा लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेको छ । यही बैशाख १९ गतेका लागि प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका हुन् ।
काठमाडौं, १५ बैशाख । अमेरिकी राष्ट्रपति जो बिडेनले महामारीको बिरूद्धको लडाईमा भारतलाई सहयोग पु¥याउने घोषणा गरेको एक दिन पछि संयुक्त राज्य अमेरिकाले कोभिड–१९ राहत भारत पठाउन तयारी गरेको छ ।
काठमाडौं, १४ बैशाख । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
कपिलवस्तु, १४ बैशाख । महाराजगंज नगरपालिका–१ स्थित सडकमा लु.१ प ९८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ गैडहवा बस्ने २२ वर्षीय रमेश पासवानको मृत्यु भएको छ ।
काठमाडौं, १४ बैशाख । नेपालमा एकै दिन ४५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।
वीरगन्ज, १४ बैशाख । प्रदेश २ को सबभन्दा बढी कोरोना प्रभावित पर्सा जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी भएको छ । जिल्लामा बिहीबारदेखि लागू हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
रुपन्देही, १४ बैशाख । रुपन्देहीमा दुई साताका लागि निषेधाज्ञा गर्न सिफारिश गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले १६ गते बिहान १ बजेदेखि बैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो ।
कैलाली, १४ बैशाख । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरलाई नियन्त्रण गर्न कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।