काठमाडौं, २ बैशाख । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई दिएको छ ।
राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित मधेशवाणी राष्ट्रिय साप्ताहिक सफलतापूर्वक १६ वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । यो यात्रामा साथ दिने सम्पूर्ण शुभचिन्तक, शुभेक्छुक, पाठकवर्ग, सहयात्री, विज्ञापनदाता लगायत सम्पूर्ण जनमानसमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।
काठमाडौं, २ बैशाख । सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम, १ बैशाख । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी जितेन्द्र महासेठ र वरिष्ठ उपाध्यक्षमा मनिषरमण साह निर्वाचित भएका छन् ।
जनकपुरधाम, १ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औल्याएका छन् ।
सिरहा, १ बैशाख । वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहँदै आएको सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन् ।
वीरगञ्ज, १ बैशाख । वीरगन्जका शिख समुदायले मंगलबार ३ सय २२ औं बैशाखी पर्व मनाएका छन् । त्यस अवसरमा गुरुद्वारा साहेबमा दैनिक शब्द कीर्तन गरिएको थियो ।
सिरहा, १ बैशाख । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरूले लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ ।
विराटनगर, १ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन गराएर संसद्लाई बिजनेस दिनुपर्ने सुझाव दिएका छन् ।
वीरगञ्ज, १ बैशाख । वीरगन्जको बिर्तामा रहेको चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, १ बैशाख । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजसहित राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।
जनकपुरधाम, ३१ चैत । प्रदेश २ मा करिब साढे तीन महिनापछि कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २ सय १२ पुगेको
काठमाडौं, ३१ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले निर्यात खुला गरेपछि कोभिड १९ विरुद्धको खोप पाउने पहिलो मुलुक नेपाल हुने दाबी गरेका छन् ।
दार्चुला, ३१ चैत । महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको दुवै देशका नापी विभागको टोलीले निरीक्षण गरेको छ । भारतले एकतर्फी रूपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विषयमा संसद्मा आवाज उठेपछि टोली सोमवार दार्चुला पुगेर निरीक्षण गरेको हो ।
बुटवल, ३१ चैत । पार्टीभित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्रता पाएको छ । सोही क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।
गोरखा, ३१ चैत । प्रदेश २ का प्रमुख राजेश अहिराज पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् ।
रुपन्देही, ३१ चैत । बुटवल उपमहानगरपालिका–१० स्थित ग्लोबल पाईप उद्योगमा काम गर्ने मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ४२ वर्षीय नारायण ढकालको करेन्ट लागेर मृत्यु भएको छ ।
बाँके, ३१ चैत । आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३१ चैत । भारतीय स्वतन्त्रताको ७५औं वर्षमा हाल सन्चालन भइरहेको ‘India@75’ नामक कार्यक्रमकै एक हिस्साको रुपमा काठमाडौंस्थित भारतीय राजदूतावास तथा काठमाडौं विश्वविद्यालयले अम्बेडकर जयन्ती मनाएको छ ।
जनकपुरधाम, ३१ चैत । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमबार बिहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो ।
कपिलवस्तु, ३१ चैत । विपन्न गरिव तथा एकल महिलाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले शुद्धोधन गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।
मोरङ, ३० चैत । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ बस्ने पर्शुराम राईको घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने २६ वर्षीय बिनोद घिमिरेको आइतबार दिउँसो मृत्यु भएको छ ।
कैलाली, ३० चैत । गोदावरी नगरपालिका–२ उत्तर बनखेतबाट करिब ४ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिरहा, ३० चैत । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गरी बस्ने सोही नगरपालिका–२२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।