कैलाली, २५ चैत । टिकापुर नगरपालिका–१ सन्त निरंकारी चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया पद्माु साउदको बुधबार बिहान मृत्यु भएको छ ।
रुपन्देही, २५ चैत । सुद्धोधन गाउँपालिका–५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको सोही गाउँपालिका–२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको छ ।
मोरङ, २५ चैत । कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २५ चैत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ चैत । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौं, २४ चैत । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच जारी वार्ता सकारात्मक देखिएको छ । सरकारले समितिको मागलाई सम्बोधन गर्ने गरी समाधान खोजिरहेको बताइएको छ ।
काठमाडौं, २४ चैत । पूर्व राजा ज्ञानेन्द्र शाह चैत २६ गते भारत जाने भएका छन् । ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।
जनकपुरधाम, २४ चैत । कोरोना संक्रमण पुनः बढ्न थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन् ।
जनकपुरधाम, २४ चैत । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ । केही दिन पहिलासम्म पाँच वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यसम्म पुगे पनि पछिल्लो समय संक्रमितको संख्यामा वृद्धि भएको छ ।
काठमाडौं, २४ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, २४ चैत । प्रदेश नं. २ का प्रमुख डा.राजेश अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी ३२औं पटक रक्तदान गरेका छन् ।
पर्सा, २३ चैत । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्मविरुद्ध नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।
बारा, २३ चैत । बाराको पचरौता नगरपालिकामा आइतबार एकैपटक पाँच घरमा आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
काठमाडौं, २३ चैत । नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ ।
काठमाडौं, २३ चैत । दार्चुलाको सदरमुकाम खलंगा लगायतका क्षेत्रमा भारतले महाकाली नदीको धार परिवर्तन हुने र नेपालको भूमिमा क्षति पुग्ने गरी निर्माण गरिरहेको तटबन्ध पर्खालबारे नेपाल र भारतका अधिकारीले स्थलगत अध्ययन गर्ने भएका छन् ।
काठमाडौं, २३ चैत । भारत सरकारको सहयोगमा निर्मित दुई परियोजनाहरुको उद्घाटन भएको छ । उक्त परियोजनाहरु नेपाली रुपैयाँ ८ करोड ९२ लाखको रहेको छ ।
काठमाडौं, २३ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले १० वर्षे रणनीतिक योजना बनाएर बालबालिकाका समस्या समाधान गर्न लागेको बताएकी छन् । उनले दशवर्षे रणनीतिक योजनाको लागि तीनवटै सरकारबीच समन्वय भइरहेको बताइन् ।
मोरङ, २२ चैत । उर्लाबारी नगरपालिका–४ आइतबारेबाट ३ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २२ चैत । ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई नेपालगंज उपमहानगरपालिका–२२ पुरैनीबाट प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २२ चैत । नेकपा एमालेकी नेतृ जानकीदेवी रामले प्रतिनिधसभा सदस्यको सपथ ग्रहण गरेकी छन् । आइतबार सभामुख अग्नि सापकोटाले उनलाई संसद सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
बारा, २२ चैत । बारमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा ८५ लाखको मेसिन प्रयोगविहीन बनेको हो ।
नेपालगन्ज, २२ चैत । बाँकेको नरैनापुर गाउँपालिकामा फेरि आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १०० वटा भन्दा बढी घर जलेका छन् ।
जनकपुरधाम, २२ चैत । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रादेशिक सहकारी ऐन एक हप्ता भित्र बनिसक्ने बताएका छन् ।
काठमाडौं, २२ चैत । नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेको बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।