ललितपुर, २१ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाठपल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताए ।
रुपन्देही, २१ चैत । तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु.६० प २४१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ बस्ने ३८ वर्षीय घनश्याम पाण्डेको मृत्यु भएको छ ।
वीरगञ्ज, २१ चैत । सांसद् प्रदीप यादवले खेलकुद प्रति युवाहरुको रुचि बढाउँन आवश्यक रहेको बताएका छन् ।
वीरगञ्ज, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् ।
काठमाडौं, २० चैत । प्रदेश २ मा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को गठन भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश २ का संयोजकसमेत रहेका व्यवसायी मोहन शर्मा लामिछानेको अध्यक्षतामा नाट्टा गठन भएको हो ।
काठमाडौं, २० चैत । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु भएको छ ।
नेपालगन्ज, २० चैत । बाँकेमा एघारौं चरणको हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएको छ । नेपालगन्जका मेयर डा धवलशमशेर राणा र उपमेयर उमा थापामगरले एकैसाथ औषधि खाएर अभियान सुरु गरेका हुन् ।
धनुषा, २० चैत । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्दीस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको मृत्यु भएको छ ।
रौतहट, २० चैत । गौर नगरपालिका–४ टिकुलिया टोलस्थित गहुँबारीमा वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १२ किलो प्रहरीले बरामद गरेको छ ।
रौतहट, २० चैत । गौर नगरपालिका–४ टिकुलिया टोलस्थित गहुँबारीमा वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १२ किलो प्रहरीले बरामद गरेको छ ।
कैलाली, २० चैत । धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई प्रहरी हुँ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १९ चैत । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरू संयुक्तरूपमा बुधबार नेपालका जनतालाई समर्पित गरेका छन् ।
काठमाडौं, १९ चैत । जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सि.के राउत र महासचिव पदका लागि चन्दन सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गरेका छन् ।
जनकपुरधाम, १९ चैत । प्रदेश २ मा बाल हेल्पलाइन सञ्चालनमा आएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
जनकपुरधाम, १९ चैत । भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
काठमाडौं, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
राजविराज, १९ चैत । राजविराजस्थित भीमदल गणमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७७ सहायक शिविर सम्पन्न भएको छ ।
काठमाडौं, १९ चैत । भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
वीरगञ्ज, १९ चैत । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल द्रुतगतिमा निर्माण हुन थालेका छन् ।
काठमाडौं, १९ चैत । भारत सरकारको ने.रू १८.६६ मिलियन आर्थिक सहयोगमा निर्मित श्री राष्ट्रिय प्राथमिक विद्यालय, सुल्ताना (पुनःनामाकरण आधारभुत विद्यालय सुल्ताना) खैरेनी गा.वि.स–०५, चितवनको नयाँ विद्यालय भवन नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज र मेनेजर चौधरी, वडा अध्यक्ष, वडा नं ०७, खैरहनी नगरपालिका, चितवनद्वारा संयुक्तरूपमा उद्घाटन गरिएको छ ।
काठमाडौं, १८ चैत । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १८ चैत । भर्चुअल माध्यमबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश निर्वाचन कार्यालयहरुको उद्घाटन गरेका छन् ।
काठमाडौं, १८ चैत । प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।