लहान, १२ चैत । नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो ।
जनकपुरधाम, १२ चैत । शिरमा देश र मधेशमा मन्त्रसहित आफ्नो पदभार ग्रहण गरेका प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले टुकी (लाल्टिन) बालेर ‘मधेश मन्थन’ अभियान थालेका छन् ।
विराटनगर, ११ चैत । विराटनगर १० स्थित प्रदेश १ सरकारको कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा आउने भएको छ ।
वीरगन्ज, ११ चैत । भारतबाट धान बोकेर आएको ट्रकबाट भन्सार राजश्व छलेर ल्याइएको १ करोड भन्दा बढि मुल्यको कपडा बरामद भएको छ ।
धनुषा, ११ चैत । जलस्रोत तथा सिंचाई विकास डिभिजन, धनुषा जनकपुरका डिभिजन प्रमुख सि.डि.ई भगवान झाले ३५० हेक्टर कृषि योग्य जग्गामा १२ महिना सिंचाई सुविधा पु¥याउनको लागि माझी झिटकैया सिंचाई योजनाको शिलान्यास गरेका छन् ।
वीरगञ्ज, ११ चैत । भारतमा कोरोनाको सङ्क्रमण पुनः बढ्दै गएपछि रोकथामका लागि प्रदेश २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।
विराटनगर, ११ चैत । भारतसँग सीमा जोडिएको मोरङमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट्) संख्या ११ पु¥याइएको छ ।
काठमाडौं, ११ चैत । कोभिड–१९ संक्रमणका कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत् विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।
काठमाडौं, ११ चैत । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ ।
विराटनगर, ११ चैत । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीसँग शिष्टाचार भेट गरेका छन् ।
बाँके, १० चैत । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका–२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १० चैत । लम्कीचुहा नगरपालिका–१ लम्की चोकस्थित सडकमा ना.६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१ थकालीपुर बस्ने २२ वर्षीया कमला देवकोटा बुढाको मंगलबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, १० चैत । नन्दवंश सोसियल वेलफेयर फाउण्डेशनले काठमाडौंमा होली पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं, १० चैत । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले विना कारण ४० वर्ष जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी प्रक्रियाका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
काठमाडौं, १० चैत । वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गरेका छन् ।
जनकपुरधाम, १० चैत । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले युवाहरुद्वारा आयोजित सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।
काठमाडौं, १० चैत । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।
जनकपुरधाम, १० चैत । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखहरुसँग छलफल गरेका छन् ।
जनकपुरधाम, ९ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन् ।
काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश २ का सांसद मनिष सुमनले सत्ताको साँचो अहिले आफूहरुको हातमा भएको बताएका छन् ।
बाँके, ९ चैत । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, ९ चैत । बैजनाथ गाउँपालिका–१ च्यामास्थित सडकबाट पाटेबाघको १ थान छाला र बाघको हड्डी जस्तो देखिने २ किलो ५ सय ग्राम हड्डी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न कारणले विभेद र अधिकार वञ्चितिकरणमा पारिएका समुदायको अधिकारका लागि सामाजिक क्रान्ति गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।
नेपालगञ्ज, ९ चैत । नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनको उदघाटन् नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले गरे ।