3/22/2021

काठमाडौं, ९ चैत । नेपाल–भारत यात्रुबाहक यातायात बन्द भएको १२ महिना पुग्दा पनि पुनः सञ्चालन हुन सकेको छैन ।

3/22/2021

रौतहट, ९ चैत । गरुडामा रहेको श्रीराम सुगर मिलले चैत्र मसान्त भित्र रुखुको बाँकी रकम भिक्तानी गर्न सहमत भएको छ । मिलले तीन करोड भन्दा बढी रकम तिर्न बाकी रहेको छ ।

3/22/2021

विराटनगर, ९ चैत । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले दुई देशबीचको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा गर्ने सवालमा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

3/22/2021

रौतहट, ९ चैत । चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ग.१ ख ६४४७ नम्बरको बसले प्रदेश २–०३–०११ प ७८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ बागमती डाँडाटोल बस्ने ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको छ ।

3/22/2021

मोरङ, ९ चैत । मोरङमा दुई छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

3/22/2021

कैलाली, ९ चैत । सवारी ज्यान मुद्दाका फरार अभियुक्त जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारलाई प्रहरीले पक्राउ गरेको छ ।

3/22/2021

पर्सा, ९ चैत । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको करिब ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

3/22/2021

धनुषा, ९ चैत । गणेशमानचारनाथ नगरपालिका–९ जयनगर बस्ने ३२ वर्षीय प्रमोद कुमार यादवलाई पेस्तोल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

3/22/2021

कैलाली, ९ चैत । धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट २ ग्राम ५ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

3/22/2021

बाँके, ९ चैत । कोहलपुर नगरपालिका–१० स्थितबाट १ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

3/22/2021

कपिलवस्तु, ९ चैत । मधेशी पत्रकार समाज कपिलवस्तु शाखाद्वारा पत्रकार स्वर्गीय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ ।

3/22/2021

महोत्तरी, ९ चैत । महोत्तरीको सहोडवाबाट पूर्व कर्मचारी मुसाफिर झा र निजकी पत्नी गीतादेवी झालाई बेपत्ता पारिएको आरोपमा पक्राउ गरिएका चारजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

3/21/2021

सप्तरी, ८ चैत । दलित विकास समिति प्रदेश नं. २ का सदस्य श्याम सरदारले दलित समुदायहरुलाई शिक्षित बन्नु पर्ने, संगठित बन्नु पर्ने त्यसपछि क्रान्ति गर्नुपर्ने बताएका छन् ।

3/21/2021

रौतहट, ८ चैत । गौर नगरपालिका–४ टिकुलीया मठ नजिकबाट करिब २५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

3/21/2021

विराटनगर, ८ चैत । मोरङको तीन स्थानमा शशस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ । आइतबार मोरङको सुनववर्षी, रंगेली र रतुवामाई नगरपालिकाका विभिन्न स्थानमा वीओपी सञ्चालनमा ल्याइएको हो ।

3/21/2021

काठमाडौं, ८ चैत । टिकापुर घटनाको दोषी रेशम चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

3/21/2021

झापा, ८ चैत । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन् ।

3/21/2021

बारा, ८ चैत । बारामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन् ।

3/21/2021

वीरगन्ज, ८ चैत । मधेश आन्दोलनका शहीद दिपेन्द्र साहको परिवारलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कृषि उपकरण सहयोग गरेका छन् ।

3/21/2021

काठमाडौं, ८ चैत । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चका दिन मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले जातीय विभेदको जड दण्डहीनता भएकोले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप प्रदर्शन गरेको छ ।

3/21/2021

काठमाडौं, ८ चैत । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौरट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौवट गराई बेरुजु फर्छ्यौहट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

3/21/2021

कपिलवस्तु, ८ चैत । युग पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११औं स्मृति दिवस कपिलवस्तुमा पनि मनाइएको छ ।

3/20/2021

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व लिन कसैबाट प्रस्ताव नआएको उपसभापति विमलेन्द्र निधिले बताएका छन् । उनले सरकारको नेतृत्वका निम्ति कुनै दलबाट औपचारिक प्रस्ताव नआएको बताएका हुन् ।

3/20/2021

बारा, ७ चैत । जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया भवानीपुर बस्ने ३० वर्षीय उपदेश चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

3/20/2021

बाँके, ७ फागुन । कोहलपुर नगरपालिका–११ चौराहबाट २ थान गैंडाको खागसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ