पर्सा, २९ फागुन । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु न्यायको खोजीमा तीनै ठूला दलसँग वार्ता र सम्वादमा रहेको बताएका छन् ।
काठमाडौं, २८ फागुन । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृति माथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन् ।
कैलाली, २८ फागुन । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित सडकमा बा.१४ च ७४२२ नम्बरको स्कारपिओको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० पहलमानपुर बस्ने १६ वर्षीया पुर्णिमा चौधरीको मृत्यु भएको छ ।
जनकपुरधाम, २८ फागुन । प्रदेश २ का प्रमुख डा. राजेश अहिराज धनुषा जिल्लाको एक विद्यालयमा भ्रमण निरीक्षण गरेका छन् । उनले कक्षा एकका विद्यार्थीहरुलाई पढाएका समेत छन् ।
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले विधान संशोधनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ ।
काठमाडौं, २८ फागुन । नेपालस्थित भारतीय दूतावास अन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले महाविरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भरतनाट्यम नृत्यको प्रस्तुति आयोजना गरेको छ ।
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता टुंगो लगाउन असफल भएको छ ।
काठमाडौं, २८ फागुन । नेकपा एमाले र जसपाका शीर्ष नेताहरूबीच सत्तासमीकरणको विषयमा आज पनि छलफल हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा साँझ दुवै पक्षबीच वार्ता हुन लागेको हो ।
काठमाडौं, २८ फागुन । जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराइले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन् ।
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
काठमाडौं, २७ फागुन । जसपाको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार बसेको जसपा पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको हो ।
रौतहट, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सीमामा केहि समयभित्रै सवारी साधन आउजाउ हुने बताएका छन् ।
वीरगञ्ज, २७ फागुन । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान पर्सामा पनि सुरु भएको छ । दोस्रो चरणमा पर्सामा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका ४५ हजार जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु समस्यामा परेका छन् । केही नेताहरु गुट परिवर्तन गरेर मन्त्री नै बनेका छन् । अब उनीहरु पुरानै दलमा नफर्किए सांसद पद नै जाने भएको छ ।
काठमाडौं, २७ फागुन । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ ।
काठमाडौं, २७ फागुन । विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् ।
काठमाडौं, २७ फागुन । १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई ‘सिएआइटि वुमन इन्टरप्रेनियरसिप’ अवार्डबाट सम्मान गरिएको छ ।
नेपालगञ्ज, २७ फागुन । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ ।
काठमाडौं, २७ फागुन । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “मधेशी महिलाहरुको भाषा, लिपि र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन’ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २७ फागुन । भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपालले निकट भविष्यमा विद्युत निर्यात सुरु गर्ने विश्वास व्यक्त गरेका छन् ।
वीरगञ्ज, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
जनकपुरधाम, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पाँच जना प्रदेश सांसद नेकपा एमालेमा जाने तयारी गरेका छन् ।