3/8/2021

काठमाडौं, २४ फागुन । १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डघटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । गौर हत्याकाण्ड संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

3/8/2021

जनकपुरधाम, २४ फागुन । पिछडा वर्ग ओबीसी महासभाले वैशाख ११ गते मधेश बन्दको आव्हान गरेको छ । ओबीसी महासभाले उठाएका जायज मागहरूलाई बेवास्ता नगरिएको भन्दै वैशाख १० गते मधेशका सबै जिल्लामा मसाल जुलुस र वैशाख ११ गते मधेश बन्दको आह्वान गरेको हो ।

3/8/2021

जनकपुरधाम, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।

3/8/2021

काठमाडौं, २४ फागुन । चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्ल चन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा भूमि पूजन कार्यक्रम सम्पन्न गरेका छन् ।

3/8/2021

काठमाडौं, २४ फागुन । ‘दिगो विकास लक्ष्यको लागी कला:  मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि २१ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२१ मा ११ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ । ११ कलाकारमध्ये १० जना महिला छनौट गरिएको छ ।

3/7/2021

वीरगन्ज, २३ फागुन । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ ।

3/7/2021

काठमाडौं, २३ फागुन । १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डका पीडित परिवाले दोषिमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

3/7/2021

सर्लाही, २३ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि तनाव सिर्जना भएको हो ।

3/7/2021

पर्सा, २३ फागुन । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नम्बर २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।

3/7/2021

जनकपुरधाम, २३ फागुन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

3/7/2021

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । नेपाल सरकारले आइतबारदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाएका हुन् ।

3/7/2021

काठमाडौं, २३ फागुन । सप्तरीको मलेठमा आजकै दिन पाँच जना मधेशीको हत्या भएको चार वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमालेले मलेठमा गरेको आमसभाविरुद्धमा भएको आन्दोलनको क्रममा राज्यको तर्फबाट दमन हुँदा पाँचजनाले ज्यान गुमाउन पुगे ।

3/7/2021

काठमाडौं । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर शोरुममा भएको आगलागीको प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले निरिक्षण गरेका छन् ।

3/6/2021

रौतहट, २२ फागुन । प्रदेश सांसद कुन्दन कुशवहाले आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा पतौराको पुरातात्वकि महादेव मन्दिरमा प्रदेश–२ सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

3/6/2021

रौतहट, २२ फागुन । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

3/6/2021

काठमाडौं, २२ फागुन । कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चु भन्ने ठाउँमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले अस्पताल पुर्याएका छन् ।

3/5/2021

रौतहट, २१ फागुन । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्विक महादेव मन्दिरमा अन्य तहको ध्यान नजानु दुखद रहेको बताएकी छिन् ।

3/5/2021

कलैया, २१ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।

3/5/2021

सर्लाही, २१ फागुन । उपभोक्ता हित विपरित कार्य गर्ने सर्लाहीका चार वटा व्यापारीक फर्म कारवाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सर्लाहीको हरिवन बजारमा अनुगमन गरी चार वटा व्यापारीक फर्मलाई एक लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ ।

3/5/2021

सर्लाही, २१ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

3/5/2021

रूपन्देही, २१ फागुन । शुद्धोधन गाउँपालिका–३ बेताहीस्थित राम प्रसाद खनालको एभरेष्ट प्लाई उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

3/5/2021

रुपन्देही, २१ फागुन । बुटवल वडा नं.११ नहरपुरस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिका बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

3/5/2021

काठमाडौं, २१ फागुन । एसिड पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ ।

3/4/2021

काठमाडौं, २० फागुन । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

3/4/2021

जनकपुरधाम, २० फागुन । उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले व्यापारको उदग्म स्थलको रुपमा जनकपुरधाम भएपनि यस क्षेत्रमा विकास हुन नसकेको बताएका छन् ।

ट्रेन्डिङ